AArya
RUMPUM
animated ellipse animated ellipse

एसईई दिएर बसेका विद्यार्थीहरु कान्तीपुर कलेजको करिअर काउन्सेलिङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ असार २०७६, शुक्रबार १७:५७
3
Shares

वेलबारी/ विराटनगर–१० मा रहेको कान्तीपुर कलेजले एसईई दिएर बसेका विद्यार्थीहरुका लागि करिअर काउन्सेलिङ कार्यक्रम आयोजना गरको छ ।

वेलबारीमा कलेजले एक कार्यक्रमको आयोजना गरि करिअर काउन्सेलिङ कार्यक्रम आयोजना गरको हो । गएको चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आउन लागेको अवस्थामा भविष्य निर्माणका आगि अध्ययन अघि बढाउने सन्दर्भमा विद्यार्थीलाई उचित सल्लाह र उत्प्रेरणा मिलोस भनेर कार्यक्रम आयोजना गरिएको कलेजका प्राचार्य भुवन नेपालले जानकारी दिए ।

एसईई उत्तिर्ण गर्ने विद्यार्थीहरु अब आफ्नो लक्ष्य र योजना अनुसारको उच्च शिक्षा अध्ययनमा अघि बढ्नु पर्ने प्राचार्य नेपालले बताए । आफ्नो भविष्य निर्माणका लागि कुन विषय रोज्ने ? र के अध्ययन गर्दा के फाइँदा हुने भन्ने विषयमा धेरैलाई अन्यौल र दोधार हुने भएकाले सही मार्गदर्शनका लागि कार्यक्रम गरिएको कलेजको भनाई छ ।

काउन्सेलर र विभिन्न विषयका प्राध्यापकहरुले विद्यार्थीहरुलाई जानकारी र सल्लाह दिएका थिए । कलेजका अध्यक्ष प्राध्यापक डाक्टर टिएन मण्डल, काउन्सलर अनुपमा वाँस्तोला, विज्ञान संकायका को–अर्डीनेटर कृष्ण भण्डारीलगायतले विद्यार्थीहरुलाई अध्ययनको विषय छान्दा विचार पुर्याउनु पर्ने कुरा र अध्ययनका विषयहरु बारे जानकारी दिए ।

२०७२ सालमा स्थापित कान्तीपुर कलेजमा अनुभवी र दक्ष शिक्षकहरु रहेको, प्रयोगात्मक तथा सहभागितामुलक सिकाईलाई महत्व दिने तथा विद्यार्थीमा रहने सिर्जनात्मक क्षमताहरुलाई विकास गराउन पनि फरक फरक प्रशिक्षकहरु राखिएको कलेजले जानकारी दिएको छ ।

अध्ययन गर्ने विषयमा विद्यार्थीहरुमा अन्योल नहोस र सही विषय र शिक्षण संस्थाहरु छान्न सहयोग मिलोस भन्ने पनि आफुहरुको उद्देश्य रहेको प्राचार्य नेपाल बताए ।

प्लस टुमा साइन्स,कम्प्युटर साइन्स,म्यानेजमेन्ट र होटल म्यानेज्मेन्ट अध्यापन गराउँदै आएको कान्तीपुर कलेज पनि विद्यार्थीहरुको छनौटमा पर्न सक्ने प्राचार्य नेपालको भनाई छ ।
कार्यक्रममा बेलबारी,सुन्दर हरैँचालगायत स्थानका एसईई दिएर बसेका विद्यार्थीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर