RUMPUM
animated ellipse animated ellipse

मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गदै ज्ञापन पत्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ असार २०७६, शुक्रबार १७:२९
3
Shares

विराटनगर / सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धि विधेयक फिर्ता गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

पत्रकार महासंघले गरेको दुई चरणको आन्दोलनको समीक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी रमेश केसी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । महासंघका जिल्ला अध्यक्ष बन्धु पोखरेलले प्रजिअ केसीलाई ज्ञापन पत्र बुझाए ।

विराटनगर स्थित विरेन्द« सभागृहबाट पत्रकारहरुको टोली ब्यानरसहित जिल्ला प्रशासन कार्यालय पुगेको थियो । ज्ञापन पत्र दिनु अघि कार्यक्रममा बोल्दै महासचिव विवेक गौतमले विधेयक फिर्ता नभए कडा आन्दोलनमा उत्रिने बताए ।

मोरङ शाखाका अध्यक्ष पोखरेलले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल कुनै हालतमा मान्य नहुने बताए । उनले नागरिक तथा पत्रकारको अभिव्यक्ति स्वतन्त्रतानै हनन गर्ने गरि संसदमा पेस गरेको विधेयक खारिज हुनु पर्नेमा जोड दिए । उनले सरकारले विधेयक खारेज न गरे यो भन्दा थप कडा आन्दोलनमा उत्रीने चेतावनी समेत दिए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको निर्णय अनुसार असार ३ गते महासंघले हस्ताक्षर अभियान संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर