पूर्वाञ्चल खबर
विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इंग्ल्याण्डले अफगानिीतानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको छ । पराजितसँर्ग अफगानिस्तान विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ ।
म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९७ रनको विशाल योगफल खडा गरेको थियो । इंग्ल्याण्डका लागि कप्तान इयान मोर्गानले कीर्तिमानी इनिङ खल्दै १ सय ४८ रनको योगदान दिए । उनले खेलमा १७ छक्का प्रहार गर्दै विश्व रेकर्ड बनाए । मोर्गान एकै इनिङमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका हुन् । मोर्गानले वेष्ट इन्डिजका क्रिस गेल र भारतका रोहित शर्माले एकै इनिङमा १६ छक्काको रेर्कड तोडेका हुन् । उनले ७१ बलको सामना गर्दा ४ चौका समेत हिर्काएका थिए ।
ओपनर जेम्स भिन्स २६ रनमा आउट हुँदा जोनी बेस्ट्रले ९९ बल खेलेर ९० रनको योगदान दिए । जोए रुटले ८२ बलमा ५ चौका र १ छक्काको मद्दतमा ८८ रन जोड्दा मोइन अलीले ९ बलमा नटआउट ३१ रन जोडे । अलीले १ चौका र ४ छक्का प्रहार गरे। अफगानिस्तानका दाउलात जार्डान र गुब्लादिन नइबले ३–३ विकेट लिए ।
३ सय ९८ रन विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ४७ रन मात्र जोड्न सक्यो । अफगानिस्तानकालागि हेस्मतुल्लाह साहिदले सर्वाधिक ७६ रन बनाउँदा रहमत साहले ४६ रन, कप्तान गुल्वादिन नवीले ३७ रन र अस्घर अफगानले ४४ रनको योगदान दिए । इंग्ल्याण्डका आदिल रसिद र आर्चरले ३–३ विकेट लिए ।