CLASSICTECH NET

पूँजीगत खर्च ८० प्रतिशत बजेट कार्यान्वयन हुने – मन्त्री आङ्बो

खबर पूर्वाञ्चल, २ असार २०७६, सोमबार २०:०५

विराटनगर / प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७६–७७ को बजेट खर्च ८० प्रतिशत हुने दाबी गरेका छ ।

आगामी आर्थिक वर्षका लागि आइतबार बजेट भाषण गरेका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले कार्यान्वयनका लागि पर्याप्त आधार भएका क्षेत्रमा मात्रै बजेट विनियोजन गरिएको दाबी गरे ।

विराटनगरमा बजेटबारे प्रतिक्रिया लिन पत्रकारसँग आयोजना गरिएको अन्तरक्रियामा उनले चालू आर्थिक वर्षमा ५० प्रतिशतको हाराहारीमा पुँजीगत खर्च हुने जानकारी दिए । यस्तै, आगामी आर्थिक वर्षमा भने साउन महिनादेखि नै बजेट कार्यान्वयन सुरु हुने हुँदा पुँजीगत खर्च ८० प्रतिशत पुग्ने दाबी गरे ।

मन्त्री आङ्बोले ठूला योजना सङ्घीय सरकार, मझौला योजना प्रदेश सरकार र साना योजना स्थानीय सरकारका प्राथमिकतामा रहेका कारण प्रदेश सरकारले बजेट वितरणमुखी भन्नु नहुने तर्क गर्दै प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधारमामा गर्ने लगानी तथा खर्चबाट प्रशस्त रोजगारी सिर्जना हुने जानकारी दिए ।

सङ्घीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान घटनुका कारण बजेटको आकार आशातित हुन सकेको चर्चा गर्दौ मन्त्री आङ्बोले बजेट कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्नु भयो । उनले प्रदेशका जनतालाई स्वच्छ पानी र आर्सेनिकरहित पानीको व्यवस्थापन गर्न प्रदेश सरकारले ३ अर्व ५० करोड बजेट विनियोजन गर्नु सुखद पक्ष हो भन्दै प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको चर्चा गरे ।

वास्तविक कृषकलाई अनुदान दिने व्यवस्था मिलाउने र झोलामा कागज बोक्ने किसानलाई अनुदान नदिने कार्यविधि बन्ने भन्दै मन्त्री आङ्बोले सरकारले वित्तीय अनुशासनभित्र रहेर खर्च गर्ने कार्यविधि बनाएको बताए । यो बजेट समाजबादउन्मूख नभएपनि समाजबादको आधार तयार गर्ने किसिमको रहेको प्रष्ट पार्दै मन्त्री आङ्बोले समाजबादमा जान उत्पादन बृद्धि गर्नुको विकल्प नरहेको बताए ।

मन्त्री आङ्बोले प्रदेश मातहतमा रहेका कर्मचारीलाई प्रोत्सासहन गर्न तथा पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउन जनही २५ हजार र छ दिनको विदा दिनुले कर्मचारीको मनोबल बढ्ने विश्वास रहेको बताउँदै अनुपात्दक तथा लक्षित समूहम बाहेकाका क्षेत्रमा बजेट गएमा सञ्चारकर्मीहरुले खबरदारी गर्नु पर्ने बताए ।

न्त्री आङ्बोले प्रदेश मातहतमा रहेका कर्मचारीलाई प्रोत्सासहन गर्न तथा पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउन जनही २५ हजार र छ दिनको विदा दिनुले कर्मचारीको मनोबल बढ्ने विश्वास रहेको बताउँदै अनुपात्दक तथा लक्षित समूहम बाहेकाका क्षेत्रमा बजेट गएमा सञ्चारकर्मीहरुले खबरदारी गर्नु पर्ने बताए ।

मन्त्री आङ्बोले प्रदेशका कुनै पनि क्षेत्र र कुनै पनि जिल्लालाई विभेद गरिएको वा कार्यक्रम नदिएको भन्ने कुरा पनि सत्य नभएको बताए। तराईका जिल्ला वा आफ्नो जिल्लामा मात्रै बजेट विनियोजन भयो भन्ने केहीको आलोचना पनि सही नभएको उनको भनाइ थियो।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि ४२ अर्व २० करोड चार लाख १२ हजार वजेट हिजो विनियोजन गरेका छन्।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५