RUMPUM
animated ellipse animated ellipse

अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले निकाल्यो विश्वकपमा पहिलो जित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०७६, आईतवार ०७:३३
3
Shares

विराटनगर / इंग्ल्यान्डमा जारी १२औं आइसिसी विश्वकप क्रिकेटअन्तर्गत गएराती दोस्रो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि सहज जित निकाल्दै विश्वकपमा पहिलो जित हात पारेको छ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको हो ।

दक्षिण अफ्रिकालेडकवर्थ लुइस नियमका आधारमा जितका लागि ४८ ओभरमा १ सय २७ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य दक्षिण अफ्रिकाले २८ दशमलव ४ बलमा १ विकेटको क्षतिमा पूरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा क्विन्टन डि ककले ६८ रन बनाउँदा हाशिम आमलाले ४१ रनमा अविजित रहे । अफगानिस्तानका गुलबदीन नवीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तान ३४ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय २५ रनमा समेटिएको थियो ।

अफगानिस्तानका राशिद खानले ३५ रन , प्ररम्भिक ब्याट्सम्यान नुर अली जारदानले ३२ रन र हजरतुल्लाह जजाईले २२ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका ४० वर्षे स्पिनर इमरान ताहिरले २९ रन खर्चिएर ४ विकेट दिए भने क्रिस मोरिसले ३ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर