ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

डिएभी र न्यू मून अन्तिम आठमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०८१, मंगलवार १७:३५
189
Shares
विराटनगर / जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै अन्तिम आठमा प्रवेश भएको छ ।

पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित गरि अन्तिम आठमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २७ रन बनाएको थियो । डिएभीका लागि प्लेयर अफ म्याच आर्यन अग्रवालले सर्वाधिक ४४ रनको योगदान दिए । ग्यालेक्सिका विवेक साहले २ विकेट लिए ।

१ सय २८ रनको लक्ष्य पछ्याएको ग्यालेक्सिले १३ ओभरमा सवै विकेट गुमाई ६५ रनमा सिमित भयो । ग्यालेक्सिका सुमित सिंहले सर्वाधिक १९ रनको योगदान दिए । डिएभीका आर्यन अग्रवालले ४ विकेट लिए ।

दोस्रो खेलमा न्यू मून स्कुलले भगवती स्कुललाई ६ विकेटले पराजित गरि अन्तिम आठमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको भगवतीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय रन बनाएको थियो । भगवतीलागि जिशन शेखले सर्वाधिक २४ रनको योगदान दिए । न्यू मूनका प्लेयर अफ म्याच समित यादवले ३ विकेट लिए ।

१ सय १ रनको लक्ष्य पछ्याएको न्यू मुनले १४ दशमलव ३ बलमा ४ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो । न्यू मूनका रेहान आलमले सर्वाधिक २० रनको योगदान दिए । भगवतीका अन्सकुमार सिंशले २ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर