पूर्वाञ्चल खबर

१ सय २८ रनको लक्ष्य पछ्याएको ग्यालेक्सिले १३ ओभरमा सवै विकेट गुमाई ६५ रनमा सिमित भयो । ग्यालेक्सिका सुमित सिंहले सर्वाधिक १९ रनको योगदान दिए । डिएभीका आर्यन अग्रवालले ४ विकेट लिए ।
दोस्रो खेलमा न्यू मून स्कुलले भगवती स्कुललाई ६ विकेटले पराजित गरि अन्तिम आठमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको भगवतीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय रन बनाएको थियो । भगवतीलागि जिशन शेखले सर्वाधिक २४ रनको योगदान दिए । न्यू मूनका प्लेयर अफ म्याच समित यादवले ३ विकेट लिए ।
१ सय १ रनको लक्ष्य पछ्याएको न्यू मुनले १४ दशमलव ३ बलमा ४ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो । न्यू मूनका रेहान आलमले सर्वाधिक २० रनको योगदान दिए । भगवतीका अन्सकुमार सिंशले २ विकेट लिए ।