RUMPUM
animated ellipse animated ellipse

अष्ट्रेलियाले श्रीलंकालाई पराजित गदै शीर्ष स्थानमा उक्लीयो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०७६, आईतवार ०६:१७
3
Shares

विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया चौंथो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । ५ खेल खेलेको अस्ट्रेलियाले ४ मा जित हासिल गर्दै ८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

लण्डनमा गएराती भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले पराजित गरेको छ । अष्ट्रेलियाले दिएको ३ सय ३५ रनको फराकिलो लक्ष्य पछ्याएको श्रीलंका ४५ ओभर ५ बलमा सवै विकेट गुमाई २ सय ४७ रनमा समेटियो । श्रीलंकाको लागी कप्तान दिमुथ करुनारत्नेले ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दै सतक बनाउँनबाट ३ रनले चुके । त्यस्तै कुशल परेराले ५२ रन बनाउँदा कुशल मेन्डिसले ३० रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिँदा केन रिचार्डसनले ३ विकेट तथा प्याट कुम्निसले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा कप्तान एरोन फिन्चको उत्कृष्ट ब्याटिङ गर्दै सानदार १ सय ५३ रनको सतकीय पारी खेलेका थिए । पहिलो विकेटका लागि डेभिड वार्नरसँग ८० रनको साझेदारी गरेका फिन्चले तेस्रो विकेटका लागि स्टिभ स्मिथसँग १ सय ७३ रनको ठोस साझेदारी गरे । स्मिथले ७३ रन भने ग्लेन म्याक्सबेलले आक्रमण ब्याटिङ गर्दै २५ बलमा ४६ रन बनाए । श्रीलंकाका इशुरु उडाना र धनन्जय डी सिल्भाले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर