CLASSICTECH NET

चाँपागाई प्रतिष्ठानद्धारा २ स्रस्टा सम्मानित

खबर पूर्वाञ्चल, २५ जेष्ठ २०७६, शनिबार २०:००

विराटनगर / डा.नरेन्द्र चाँपागाई स्मृति प्रतिष्ठानले साहित्य क्षेत्रका दुई जना स्रस्टाहरूलाई आज सम्मान गरेको छ ।

सम्मानति हुने स्रस्टाहरूमा साहित्यतर्फ लक्ष्मी उप्रेती र यूवा साहित्यतर्फ उमेश लुईटेल रहेका छन् । उप्रेतीलाई २१ ह्जार १ सय ११ र लुईटेललाई ७ हजार १ सय ११ नगदसहित प्रदेश न .१ का प्रदेश प्रमुख प्रा.डा.गोबिन्दबहादुर तुम्बाहाङले सम्मान गरे ।
प्रदेश प्रमुख तुम्बाहाङले राम्रा स्रस्टाहरूलाई सम्मान गर्ने प्रतिष्ठानको कार्य सह्रायिन रहेको बताए । विस २०६१ सालमा स्थापना भएको यो प्रतिष्ठानले प्रत्येक बर्ष साहित्य क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउदै आएका स्रस्टाहरूलाई सम्मान गर्दै आएको संरक्षक सरला चाँपागाईले बताईन ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी , प्रतिष्ठानका अध्यक्ष बद्री विशाल पोखरेल , प्राज्ञ विवश पोखरेल , प्रजातन्त्र सेनानी रमाप्रसाद रिजाल , विराटनगर वडा न ११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपाने , साहित्यकार लक्ष्मी उप्रेती , उमेश लुईटेल , दिनेशराज सुवेदी लगायतले चाँपागाईको व्यक्तीत्व र कृतीत्वका बारेमा चर्चा गरे । ,

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५