CLASSICTECH NET

मोरङ व्यापार संघको निर्वाचन सम्पन्न

खबर पूर्वाञ्चल, २४ जेष्ठ २०७६, शुक्रबार २१:२६

विराटनगर / मुलुककै पहिलो उद्योगीसंस्था मोरङ व्यापार संघको ३२औं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।

आज विराटनगरस्थित ब्यापार संघको कार्यालयमा निर्वाचन सम्पन्न भएको हो आज भएको निर्वाञ्चनमा उद्योग क्षेत्रमा अनिल सारडाले २१४, अनुपम राठीले २१३, अमित सारडाले २१३, आशिष जाजुले – २०३, दिपेश सुवेदीले २१२,प्रकाश मुन्दडाले २१३, पवन राठीले २१० र सुनिल टिवडेवालाले २१० मत ल्याई विजयी भएका छन् भने वाणिज्य क्षेत्रतर्फ अनिलकुमार साहले २७५,देवाशिष गोल्छाले २७४, नविन रिजालले २७६, विकासकुमार बेगवानीले २७८, विनित सिंघानियाले २७६, मनिषकुमार मारुले २७९ राजेशकुमार अग्रवालले २७३ र शुशील सुरानाले २६३ मत ल्याइृ विजयी भएको निर्वाञ्च आयोगले जनाएको छ ।

एक पक्षले निर्वाचन प्रजातान्त्रिक प्रक्रियाबाट हुन नसकेको जनाउदै निर्वाचन बहिस्कार गरेको थियो । बिहान साढे ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भनिए पनि करिब डेढघण्टा निर्वाचन लम्बिएको थियो ।

त्यस लगत्तै निर्वाचनमा सहभागि मेघराज सिग्देल, धिरजराज पोखरेल, सुकुमार सेन र अरविन्दकुमार शर्माले निर्वाचन आयोगलाई पत्र बुझाउदै निर्वाचन बहिष्कार गरेका थिए । वर्तमान कार्यसमितिले सदस्यहरु किर्ते रुपमा बनाएर आफूखुशी एकलौटी सदस्यता बनाएको भन्दै उनीहरुले निर्वाचन बहिष्कार गरेको जनाएका छन् ।

सदस्यता लिदाँ सदस्यले कर विवरण, विजुलीको बिल नबुझाएको त्यसैगरि, केही सदस्यको फर्म उद्योगनै बन्द भएको अवस्थामा संघको सदस्यता उपलब्ध गराइएको निवेदनमा जनाइएको छ । उनीहरुले बन्द भएका उद्योग तथा फर्मको नक्कली कागजात पेश गरि किर्ते सदस्यतासहित निर्वाचन प्रक्रियामा सहभागिको भएका मतदानहरुको छानविन गर्न मागसमेत गरेका थिए ।

उनीहरुले निर्वाचनमा सहभागि विभिन्न १७ वटा उद्योग तथा फर्म अवैधानिक भएको जनाउदै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५