RUMPUM
animated ellipse animated ellipse

विराटनगरको लर्डबुद्ध कलेजमा प्रदिप निरौलासहित नयाँ ब्यवस्थापनमा सञ्चालन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ जेष्ठ २०७६, बुधबार ०७:२०
3
Shares
विराटनगर / विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजमा लामो समयदेखि शैक्षिक क्षेत्रमा लागेका अनुभवी प्रदिप निरौलासहित उर्जाशिल शिक्षा मामलाका विज्ञ थपिएका छन् ।

कलेजलाई ब्यवस्थित र शैक्षिक उन्नयनका लागि नयाँ ब्यवस्थापन आएको हो । यसै शैक्षिक सत्रदेखि शैक्षिक क्षेत्रका अनुभवी, लगनशील तथा कुशल ब्यवस्थापन गर्दै आएका ब्यक्तिहरु लर्डबुद्धको ब्यवस्थापनमा आएका हुन् । कलेजलाई नयाँ ढंगले अगाडि लग्नका लागि नयाँ ब्यवस्थापनमा लामो समयदेहि शैक्षिक क्षेत्रमा लागेका अनुभवी निरौलासहित रञ्जन कार्की, कृष्ण यादव र एकलब्य यादव सहितको टोली कलेजका नयाँ ब्यवस्थापन आएका हुन् ।

१७ बर्ष देखि ईतिहाँस बोकेको कलेजमा नयाँ ब्यवस्थापनले नयाँ शैक्षिक धारलाई अंगिकार अघि बढ्ने कलेजले जनाएको छ । करिब २ हजार बिद्यार्थी अध्ययनरत रहेको कलेजमा एउटै ब्यवस्थापनले लर्डबुद्ध स्कुल र कलेज सञ्चालन गर्दै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर