पूर्वाञ्चल खबर
विराटनगर / साझा विवेकशील पार्टीको मोरङ संयोजकमा यूवा अमलेशकुमार कर्ण निर्विरोध चयन भएका छन् ।
कर्णलाई विराटनगरमा भएको पार्टीको भेलाले संयोजक तोकेको हो। विराटनगरमा भएको जिल्ला स्तरीय भेलाले कर्णको संयोजकत्वमा २४ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
नवगठित जिल्ला समितिको सचिवमा सरोज नेपाल र कोषाध्यषमा विजय सापकोटा छन् ।
भेलाले मोरङबाट प्रदेश समितिकालागि नाम पनि सिफारिस गरेको छ । ज्ञानेन्द्र रिजाल, सुभाष भारती, सिमा कर्ण, केशव रिजाल र विजय सापकोटाको नाम प्रदेश समितिकालागि सिफारिस गरेको हो ।