पूर्वाञ्चल खबर
विराटनगर / नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो परिषद अधिवेशनसंगै महिला तथा जिल्ला भेला गर्ने तयारी गरेको छ ।
आज विराटनगरमा बसेको कार्यसमितिको बैठकले तीनवटै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको ट्रेड युनियन कांग्रेसका मोरङ जिल्ला सचिव सिधुलाल राजवंशीले जानकारी दिए ।
संगठनमा आवद्ध विभिन्न जिल्ला संघबाट प्रतिनिधित्व भई आउने प्रतिनिधिले मत दिएर परिषद, युवा तथा माहिला समिति चयन गर्नेछ । असार २१ गते पार्टी कार्यालय विराटयनगरमा सबै अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको सचिव राजवंशीले बताए ।
पेशाकर्मीहरुको संगठनको स्थापित ट्रेड युनियनले परिषद, यूवा तथा महिला अधिवेशनका लागि युवातर्फ चक्रप्रसाद पोखरेलको संयोजकत्वमा अर्जुन भट्टराई र शर्मानन्द घिमिरे सदस्य रहेको उपसमिति गठन गरेको छ । यसैगरी महिला अधिवेशनका लागि कहेशस कौसरको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । यसको सदस्यमा अञ्जना श्रेष्ठ र द्रौपदी राम छन् ।
ट्रेड युनियन कांग्रेसका मोरङ अध्यक्ष सुशील कोइरालाले तयारीलाई तिव्रता दिइएको बताए । जिल्ला परिषद्मा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, आवद्ध संघका अध्यक्षसहित चारजना, महिला र युवा समितिका अध्यक्षसहित चार चारजना र जिल्लाभित्रका प्रतिष्ठानस्तरका ट्रेड युनियन अध्यक्षहरु प्रतिनिधि हुनेछन् । यसैगरी महिला तथा युवा अधिवेशनमा हरेक दश जना सदस्य बरारब एक जना प्रतिनिधि छनोट भई प्रतिनिधि हुनेछन् । यूवा तथा महिला समितिमा पदाधिकारी हुनका लागि उमेर हद ३१ वर्ष र मतदाता हुन ३५ वर्ष तोकिएको अध्यक्ष कोइरालाले बताए ।