RUMPUM
animated ellipse animated ellipse

विश्वकप क्रिकेटमा वेस्ट इन्डिज विजयी , पाकिस्तान वेस्ट इन्डिजसँग ७ विकेटले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ जेष्ठ २०७६, शुक्रबार १९:१२
3
Shares

विराटनगर / विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजसँग पाकिस्तान पराजित भएको छ । आज भएको विश्वकप क्रिकेटको दोस्रो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ ।

१ सय ६ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १३ दशमलव ४ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । वेस्ट इन्डिजको जितमा क्रिस गेलले अर्ध शतक बनाए । गेलले ३४ बलमा ५० रन बनाइ आउट भए निकोलस पुरनले १९ बलमा ३४ रन नटआउट रहे । पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङको गरेको पाकिस्तानले २१ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ५ रनमा अलआउट भएको थियो । पाकिस्तानकालागि फकर जमान २२ रन र बाबर आजम २२ रन बनाउँदा नवौँ क्रममा ब्याटिङमा आएका वाहव रियाजले १८ रन बनाए । त्यस्तै हरिस सोहिल ८ रन , कप्तान सर्फराज अहमद ८ रन , मोहम्मद अफिज १६ रन , इमाद वासिम १ रन र हसन अलि १ रनमा आउट भए ।
वेस्ट इन्डिजका ओशेन थोमसले ४ विकेट लिँदा क्प्तान ज्यासन होल्डरले ३ विकेट , एन्ड्रे रसेलले २ विकेट र सेल्डन कोटरेलले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर