RUMPUM
animated ellipse animated ellipse

सिर ठाडो पारेर जादैछु : एसपी केसी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ जेष्ठ २०७६, बुधबार १७:३५
9
Shares

विराटनगर /मोरङ प्रहरीका प्रमुख एसपी मनोजकुमार केसीले कसैले प्रश्न उठाउने अवस्था नआउनेगरी आफ्नो कार्यकाल पुरा गरेको वताए ।

लागुऔषध उपचार तथा पुर्नस्थापनाकेन्द्र विराटनगरमा आज गरेको मोरङबाट सरुवा भएका एसपी केसीको विदाई कार्यक्रमा वोल्दै आफुले गरेको कुनैपनि काममा प्रश्न उठाउने कुनैपनि अवस्था नआएका कारण आज म शिर ठाडो पारेज मोरङबाट विदा भएर जादैछुु एसपी केसी भने ।
उनले आफु र मेरो प्रहरीको टिमकै कारण मोरङ जिल्ला शान्ती सुरक्षा सुुद्धिढ वनाउन सफल भएको दावीसमेत गरे । सरुवा भएर मोरङ आएपछि अपराध तथा लागु औषध नियन्त्रण साथै जनतासंग प्रहरी कार्यक्रम सफल भएको दावी गरे । म र मेरो टिमले गरेको कामकै कारण सफल भएको उनले बताए । उनले १३ महिनाको अवधिमा संचारकर्मी , नागरिक समाज तथा राजनितिक दलको सहयोगका कारण नेपाल प्रहरीले हरेकक्षेत्रमा सफल भएको दावी गरे ।
लागु औषध प्रयोग गर्नेहरु रोग हुन उनीहरुलाई समातेर कार्वाही गर्ने होइन उनीहरुको उपचार गर्नुपर्छ भन्ने मान्यताका साथ आफुले अभियान सञ्चालन गरेको र त्यो अभियान सफल भएको उनले वताए । मोरङमा आएपछि नयाँ पाँच वटा कार्यक्रम सञ्चालन गरेको र अहिले त्यो कार्यक्रमा देशव्यापी रुप्मा शुुरु भएको उनको भनाई थियो ।

लागु औषाध उपचारकेन्द संजालको संयोजक दिपक चापागाईले एसपी केसीले लागु औषाध नियन्त्रण तथा पुर्नस्थापनाका लागी चालेको अभियानलाई निरन्तरता दिने वताए । कार्यक्रमा , सन्जीव चापागाई, संन्जीव खडका, सुशील रिजाल,तथा राजन भटराईले एसपी कसीले गरेको कामको प्रसंसा गरे । सो अवसरमा एसपी केसीलाई कदरपत्रद्धारा सम्म्मानित गरिएको थियो ।

एसपी केसी २०७५ जेठ ५ गते मोरङ सरुवा भएर आएका थिए । एसपी केसी प्रहरी प्रधान कार्यालय अन्वेशण योजना निर्देशनालयमा सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर