CLASSICTECH NET

लगानीमैत्री कानुन आवश्यक : प्रचण्ड

खबर पूर्वाञ्चल, १३ जेष्ठ २०७६, सोमबार १९:४९
मोरङ व्यापार संघको वार्षिकसाधारण सभामा उद्घाटन गदै अध्यक्ष प्रचण्ड । तस्वीर पुष्पराज थपलिया

विराटनगर /नेकपाको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले भर्खरै लगानी सम्मेलन सकिएको र खरबौँको लगानीको प्रतिबद्धता आएको चर्चा गर्दै सरकारले यसका लागि लगानीमैत्री कानुनको निर्माण गर्नुपर्ने बताए ।

मोरङ व्यापार संघको ६४ औ वार्षिकसाधारण सभामा आज बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘शान्तिसुरक्षा र स्थायित्व लगानीमैत्री वातावरणका अनिवार्य शर्त हुन्’ व्यवसायीलाई उनको सम्बोधन थियो, ‘तपाईंहरू नै तनावमा रहनु भयो भने विदेशी लगानीकर्ताहरूसित तपाईंहरूले अब हामी नै कता लाग्ने स्थिति छ भन्नुहुन्छ। त्यो बेला वैदेशिक लगानी आउँदैन।’

उनले हिजोका ऐनकानुनले लगानीलाई उत्साहित गर्न नसकेको टिप्पणी गर्दै अब बन्ने कानुन निजी क्षेत्रमैत्री र लगानीमैत्री हुने आश्वासन दिए।

दाहालले भने, ‘सरकारले निजी र सार्वजनिक सहकार्यलाई माथि उठाउने छ। निजी क्षेत्रलाई पूँजी र व्यवसायको सुरक्षा दिएर उत्पादन वृद्धि र रोजगारी सृष्टिको अवसर प्रदान गर्नेछ। आयात प्रतिस्थापन गर्ने र निर्यातजन्य उद्योगको वृद्धि गर्ने प्राथमिकता सरकारले तयार गरेको छ।’

अध्यक्ष प्रचण्डले जनतालाई सन्तुष्टि दिन नसके देश तथा जनताका लागि दुर्भाग्यपूर्ण हुने चर्चा गर्दै अब पर्खने बेला छैन र यो सरकारले पनि नगरे कसले गर्छ भन्ने प्रश्न गरे।

अध्यक्ष प्रचण्डले अब पनि परिवर्तन नदिए जनता पर्खेर नबस्ने चेतावनी दिए। उनले भने, ‘यो सरकारले पनि सकेन भने अर्को कोही सक्नेवाला म देखिरहेको छैन।’

अध्यक्ष प्रचण्डले लामो उतार–चढाव र सङ्घर्ष, अराजकता र जटिलता भोगेर स्थायित्व र स्थिरताको अवस्था निर्माण भएको उल्लेख गरे।

अध्यक्ष प्रचण्डको कथन थियो, ‘जतिसुकै राम्रो संविधान र घोषणा भए पनि त्यसले शान्ति, विकास र समृद्धि दिन सकेन भने त्यो संविधान र घोषणा कागजको खोस्टो हुनेछ।’

अध्यक्ष प्रचण्डले आफू सरकारसित वार्तामा आउन यताउति पड्काइरहेको बताए। साथीहरू कहिले यता विष्फोट भयो, कहिले कता पड्कियो भनेर मलाई सोध्नुहुन्छ’, प्रचण्डको प्रतिक्रिया थियो, ‘मेरो उत्तर के छ भने यो उहाँको वार्तामा आउने तयारी हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगी व्यापारीहरुले मुलुकमा आयात गर्ने विलाशिताको वस्तुमा नियन्त्रण गर्नु पर्ने बताए ।

मन्त्री यादवले मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको उद्योग र उद्योगी धेरै मुनाफाखोरी बन्नु नहुने तर्क गरे । उनले यूवालाई उद्योगमा काम गर्ने वातावरण सृजना गर्न उद्योगीहरुले राम्रो पारिश्रमिक दिनु पर्ने नभए कालान्तरमा यूवाहरु उद्योगमा देखिन छाड्ने भन्दै कृषिलाई निर्वाहमुखी बन्न नदिन सबैले सोच्नु पर्ने समय आएको कुरामा जोड दिए ।

प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्योग र उद्योगीको समस्यालाई एकीकृट ढङ्गले समाधान गर्नु पर्छ भन्दै बैकिङ्ग र वीमा क्षेत्रले पनि धेरै मुनाफाखोर बन्नु नहुने धारणा राखे ।

मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा, नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष किशोर प्रधान, संघका पूर्वअध्यक्ष ताराचन्द खेतान, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगी र व्यापारीको समस्या सरकारले सुने पनि समाधानतर्फ ध्यान नदिएकोमा चिन्ता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५