पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर स्थित एजेलिया सेकेण्डरी स्कूलका विद्यार्थीहरूले आइतबार विराटनगर एयरपोर्टको जहाज कन्ट्रोल टावर भम्रण गरेका छन् ।
पढाइका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको स्कुलले आफ्नो वार्षिक तालिका अन्तरगत जहाज कन्ट्रोल टावर भ्रमण आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सेवक वजगाईले बताए ।
विराटनगर कन्ट्रोल टावरमा विद्यार्थीहरूले भिएजएफ सेट मार्फत जहाजलाई दिने सुचना तथा निर्देशन, जहाजको उचाई अनुसारको मौसम सम्बन्धी जानकारीे, तापक्रम सम्बन्धी चार्ट पाइलटसँगको कुराकानीको आधारमा जहाजलाई कसरी नियन्त्रणमा राख्ने आदिको बारेमा विद्याथीहरूले जानकारी दिएको प्रिन्सिपल बजगाईले बताए ।
टाबर भ्रमणबाट विद्यार्थीहरूले जाहाजको उडान र अवतरणका विषयमा प्राविधीक ज्ञान हासिल गरेको र आगामी दिनमा पनि यस्तै महत्तवपूर्ण क्षेत्रमा भ्रमण गराई विद्यार्थीलाई सुसुचित गराउने स्कूलका निर्देशक दिनेश ढुंगानाले जानकारी दिए । भ्रमणमा स्कूलमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका १ सय २६ जना विद्यार्थी सहभागि रहेको स्कूलले जनाएको छ ।