RUMPUM
animated ellipse animated ellipse

मिडिया काउन्सिल विधेयकविरुद्ध मोरङका पत्रकार रोएर धर्नामा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ जेष्ठ २०७६, आईतवार १६:५६
3
Shares

विराटनगर / संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि बिधेयक फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङको गेट अगाडी पत्रकारहरू डाको छाडेर रोएका छन् ।

मिडिया काउन्सिल विधेयककोविरुद्ध पत्रकार महासंघले देशब्यापी आन्दोलन गरिरहेको अवस्थामा कांग्रेस निकट नेपाल प्रेस युनियनको मोरङको आयोजनामा जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि रुन्दै धर्नामा बसेका हुन् । धर्नामा बसेका पत्रकारहरूले विधेयक पत्रकारलाई नियमन गर्नभन्दा पनि नियन्त्रण मुखी भएर आएको आरोप लगाउदै सरकारले ल्याएको बिधेयक फिर्ता गर्न माग समेत गरेका छ ।

आधा घण्टा रोएका पत्रकारहरुले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी ल्याइएको बिधेयकको प्रावधानः हटाउन माग गरे । नेपाल प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले पत्रकारको लेख्न, बोल्न र दृश्य देखाउन पाउने अधिकारनै कुण्ठित भएको गुनासो गरे । सरकारले प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी ल्याएका विधेयक हुबहु पारित भए पत्रकार रुने अवस्था आउने बताउँदै युनियनका कार्यकर्ताहरुले आज जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा रोएर विरोध गरेको प्रेस युनियन मोरङ सभापति कुमार लुईंटेलले बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइटेलले समग्र प्रेसको अधिकार हनन् हुने गरी प्रस्ताव पास भए पत्रकारिता क्षेत्रको आधारभूत पक्ष नै कुण्ठित हुने बताए । साथै पत्रकारलाई फौजदारी कानुनभन्दा पनि अस्वभाविक रुपमा जरिवाना गर्ने उदेश्यले कानुन आएको भन्दै सरकारको कदमको विरोध गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लव घिमिरेले सरकारले विभिन्न विधेकयमार्फत् प्रेसलाई कस्ने र नियन्त्रण गर्न खोजेको बताए । सरकारका गलत कामको युनियनले विरोध गर्दै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर