RUMPUM
animated ellipse animated ellipse

उर्लावारी सेमिफाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ बैशाख २०७६, आईतवार १९:०८
3
Shares

केशब न्यौपाने
रंगेली / मोरङको सुनबर्षी २ अमरदहमा जारि तेस्रो अमरदह ढल्के जोबन गोल्ड कप फुटबलको आज भएको खेलमा सखुवासभा भेट्रान क्लबलाई १ – ४ गोलको अन्तरले पराजित गर्दै मोरङको उर्लावारी सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमरदह ढल्के जोवन यूवा क्लबको आयोजनामा अमरदहको बिरेन्द्र सार्वजनिक माविको खेलमैदानमा भएको खेलमा उर्लावारी विजयी भई सेमफिाइनलमा प्रवेश गरेको हो । उर्लावारीको जितमा अनिल गुरुङले २ गोल , टंक लामा, युवराज लिम्बु र ले १-१ गोल गरेका थिए । सखुवासभाका लागि दिपक राइले १ गोल फर्किएका थिए ।

खेलको ७१ औ मिनट सखुवासभाका दिल बहादुर श्रेष्ठ रातो कार्ड खाएर मैदान बाहिरिएका थिए । खेलको म्यान अफ द म्याच उर्लावारीका वुद्धराज लिम्बू घोषित भए ।

प्रतियोगिता अन्तरगत सोमबार को खेल तेह्रथुम र ए पिएफ पकली भट्रानविच हुने आयोजक समितीका अध्यक्ष प्रताप तामाङले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर