RUMPUM
animated ellipse animated ellipse

एपीएफ सेमिफाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७६, सोमबार १९:१८
9
Shares

सिन्धुपाल्चोक / विभागीय टोली एपीएफ क्लब नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।

सिन्धुपाल्चोक लामो साघु स्थित बसन्तपुर मैदानमा आज भएको खेलमा एपीएफले १० खेलाडीमा सिमित जिरी स्पोर्टस् क्लब दोलखालाई ४–० गोल अन्तरले पराजित गरि सेमीफाइलमा प्रवेश गरेको हो ।

एपीएफको जितमा हरि कार्की, सुुमित आले मगर, रवि थिंक र रामकुमार कुमालले एक एक गोल गरे । खेलको २६ मिनेटमा एपीएफका हरि कार्कीले पहिलो गोल गरे । उनले हेडिङमा गोल गरेका थिए । सुमित आले मगरले खेलको ६४ मिनेटमा दोस्रो गोल गरे । उनले रिवाउण्डमा आएको बल सदुपयोग गरेका थिए ।

यस्तै खेलको ७७ औ मिनेटमा राम कुमार कुमालले तेस्रो गोल गरे । टिमका लागि तेस्रो गोल गर्ने क्रममा उनले फ्रिकिकमा गोल गरेका थिए ।

खेल सकिन ३ मिनेट अघि रवि थिंगले गोल गरे । उनले गोल गरेको अर्काे मिनेटमै जिरी स्पोर्टस् क्लबका गोलरक्षक सुवास भण्डारीले रातोकार्ड ब्यहोरेका थिए । डिबक्ब बाहिर आएर बल समातेपछि उनलाई रेफ्रि विश्वास कार्कीले सिधै रातो कार्ड देखाएका थिए ।

यस अघि खेलमा जिरीले कुनै पनि त्यस्ता गोलका अवसर सिर्जना गर्न सकेन ।

खेलको २० मिनेटमा एपीएफका रामकुमार कुमाल फ्रिकिकमा गोल गर्न चुके । उनको प्रहार क्रसबारको केहि माथिबाट बाहिरियो ।

यस्तै खेलको ६६ मिनेटमा प्रदिप लामाको सशक्त प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

खेलको म्यान अफ दि म्याच एपीएफ क्लबका रामकुमार कुमाल भए । उनले ५ हजार नगद प्राप्त गरे । एपीएफले अब सेमिफाइनलमा २५ गते गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामनागर्नेछ ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा भोली मंगलबार विभागीय त्रिभुवन आर्मी क्लब र युथ स्पोर्टस् क्लब आयोजकबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर