RUMPUM
animated ellipse animated ellipse

अनिश्चिनकालिन आम हड्तालले विराटनगरको जनजीवन प्रभावित(फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ बैशाख २०७६, सोमबार १२:५४
3
Shares
आन्दोलकारीले तोडफोड गरेको प्रदेश १ मुख्यमन्त्री कार्यालयको वा २ व ३५७४ नम्बरको मोटरसाइकल । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / पूर्ण रुपले विराटनगरलाई प्रदेशको राजधानी तोक्नुपर्ने माग गर्दै गरिएको अनिश्चिनकालिन विराटनगर आम हड्तालले जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण लामा तथा छोटा दुरीका यातायात, स्कूल ,कलेज, बजार सबै विहानदेखि बन्द ठप्प छन् । अनिश्चिनकालिन आम हड्तालको घोषणासँगै बिराटनगरको जनजीवन प्रभाबित बनेको छ ।

अनिश्चिनकालिन आम हड्तालको घोषणासँगै विराटनगरको जनजीवन प्रभाबित बनेको छ । सार्वजनिक यातायतका साधनहरु चल्न सकेका छैनन भने, टंकिसिनवारी देखि बिराटनगरको रानीसम्मको कोशी राजमार्गमा मोटरसाईकल बाहेकका सवारी साधनलाई चल्न दिईएको छैन ।

आन्दोलनकारीले बिहानैदेखि चोक चोकमा तायर बानेर सडक अबरोध गरेका छन् । विराटनगरमा केहि स्थानमा मोटरसाइकल समेत बन्द गरेका छन् ।

विराटनगर महानगरपालिकाको पहलमा आइतबार साँझ बसेको सर्वदलीय बैठकबाट विराटनगर बन्द गर्ने निर्णय गरिएको थियो । विराटनगरलाई स्थायी राजधानी बनाउन शान्तिपूर्ण दबाब समिति गठन गरेर बन्द आव्हान गरिएको हो । उक्त समितिको संयोजकमा भेषप्रसाद धमला, सहसंयोजक नेकपाका महेश रेग्मी, नागेश कोइराला, नेपाली कांग्रेसका मोदराज घिमिरे, नागेश कोइराला, संघीय समाजवादी फोरमका राजकुमार यादव रहेका छन् । यस्तै अन्य समर्थक संस्थाहरुमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, विराट व्यापार संघ, प्याब्सन विराटनगरलगायतले सहमति गरेका हुन् ।

यता, नेकपा विराटनगर समितिले भने बन्दमा आफ्नो समर्थन नरहेको जनाएको छ । प्रदेश सरकारले सहमतिमा सबै पक्षलाई ल्याउनका लागि सार्थक पहल गरेको र सोहीअनुसार प्रस्ताव पेश गरेको भन्दै नगर समितिका नेतृ नमिता न्यौपानेले आफूहरु असहमत रहेको बताइन् । प्रस्तावमा सहमति गर्नकै लागि ल्याइएको विषय भए पनि राजधानी विराटनगर नै राख्ने कुरा स्वागत योग्य रहेको बताउँदै न्यौपानेले बन्द हड्ताल गर्नुपर्ने कुनै कारण नभएको प्रतिक्रिया दिइन् ।

तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर