पूर्वाञ्चल खबर
बैठकले प्रदेशको राजधानी विराटनगरलाई बनाउने र ईटहरी र गोठगाउँमा प्रशासनिक संरचना स्थापना गर्ने निर्णय गरेको हो ।
बुधबारदेखि जारी बैठकले प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई नै तय गरेको छ । जसलाई वृहत् विराट क्षेत्र अन्तर्गत अटाइएको छ । तर, प्रदेशको नाम थाँती राखिएको छ । प्रदेशसभामा बहुमत सदस्य नेकपाको छ । संवैधानिक व्यवस्थामा पनि प्रदेशसभाको बहुमत सदस्यले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने व्यवस्था छ ।
मुख्यमन्त्री राईले सवैको भावनालाई सम्वोधन हुने गरी पार्टीले प्रस्ताव तयार पारेको प्रष्ट पारे । उनले पार्टीवाट टुङ्गाएको राजधानीको विषयमा संसदीय दलमा छलफल भै सहमती कायम गरी प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलहरुसंग आवश्यक परामर्श गरी यही वैशाख २२ गते वस्ने प्रदेश सभा वैठकमा दर्ता गरी वैशाख २३ गते सार्वजनिक गरिने प्रष्ट पारे । उनले संसदीय दलमा निर्णय हुन बाँकी रहेकोले तत्काल राजधानी र प्रदेशको नामबारे प्रस्ट बताउँन नहुने भन्दै घुमाउरो पारामा उनले भने ,– ‘यति बुझ्नुहोस् वृहत्त विराटनगर क्षेत्रभित्र केन्द्र बनाएर नयाँ स्याटेलाईट सिटी भित्र सबै प्रशासनिक संरचनाहरु एकै ठाउँमा हुनेछन् । तर नयाँ संरचना नबनाएसम्म सबै संरचनाहरु विराटनगर महानगरपालिका भित्रै रहनेछन् ।’
नेकपा एक नम्बर प्रदेश समिति ईन्र्चाज भीम आर्चायले स्थायी राजधानी वृहत्त विराटनगर घोषणा गरेर विराटनगरलाई बिस्तार गरि प्रशासनिक संरचनाहरु एकै ठाउँमा निर्माण गर्ने र व्यवस्थापिका संसद सुनसरीको ईटहरीमा राख्ने निधो भएको जानकारी गराए । यद्यपी नेकपाले प्रदेशको स्थायी राजधानी र नामबारे भएको निर्णय औपचारिक रुपमा बाहिर सार्वजनिक गरेको छैन ।