AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रिनल्याण्ड स्कूलले गर्यो आमाहरुलाई सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०७६, शुक्रबार १७:५५
63
Shares

विराटनगर / विराटनगर–५ मा रहेको ग्रिनल्याण्ड सेकेण्डरी स्कूलले मातातिर्थ औंसीको अवसरमा स्कूलमा अध्ययनरत विद्यार्थीहरुका आमाहरुलाई सम्मान गरेको छ ।
अध्ययनरत विद्यार्थीहरुका अभिभावक मध्ये ७० वर्षभन्दा माथिका आमा तथा हजुरआमाको घरमा गएर मुख हेर्दै विद्यार्थीहरुले सम्मान गरेका हुन् । सो अवसरमा मिठा परिकारका साथै फलफुल खुवाई खादा ओढाएर सम्मान गरेको स्कूलका निर्देशक दिनेश दाहालले जानकारी दिए । निर्देशक दाहालले २४ जना आमा तथा हजुरमाहरुलाई सम्मान गरिएको जनाएका छन् ।

संस्कृती संरक्षण गर्दै वालवालिकालाई आप्mना अभिभावकप्रति थप उदरदायि बनाउँने विश्वास लिएको निर्देशक दाहालले बताए । शिक्षालाई जिवन उपयोगि बनाउँन र वालवालिकालाई सामाजिकीकरणको बाटोमा अगाडि बढाउँन निरन्तर यस्ता कार्यक्रम आयोजना गरिने स्कूलका प्रिन्सिपल दिपक पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर