CLASSICTECH NET

श्रीस्टारलाई पराजित गर्दै आर्मी उपाधि नजिक

खबर पूर्वाञ्चल, १९ बैशाख २०७६, बिहीबार १९:२१

काँकडभिट्टा / साविक विजेता त्रिभुवन आर्मी काँकडभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि नजिक पुगेको छ । आर्मीले आज भएको अन्तिम सेमिफाइनल खेलमा उपाधिको दावेदार रुस्लान श्रीस्टार क्लबको चुनौतीलाई ३–२ गोल अन्तरले पन्छ्याउँदै उपाधि नजिक प्रवेश गरेको हो । उपाधिकालागि आर्मीले शनिबार नेपाल पुलिस क्लबको सामना गर्ने छ ।

आर्मीका लागि नवयुग श्रेष्ठले २ गोल र दीपकुमार लामाले १ गोल गरे भने श्रीस्टारका बिदेशी खेलाडी एलोन म्याक्सवेलले २ गोल गरे ।

खेलको २८ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । सुमन अर्यालको क्रस पासमा श्रेष्ठले बललाई हेड मार्फत पोष्टको दिशा दिदै टीमका लागि गोलको खाता खोलेका थिए । ३९ औ मिनेटमा श्रेष्ठले नै अर्काे गोल थपेका थिए । अर्यालको पासमा वान भर्सेस वान खेल्दै श्रेष्ठले गोल गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर थ्रीस्टारका लागि बिदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरे । अनन्त तामाङको पासमा म्याक्सवेलले गोल गरेका थिए । खेलको ५४ औ मिनेटमा म्यासक्वेललले नै अर्काे गोल थप्दै खेल बराबरीमा ल्याएका थिए । म्याक्सवेलले सुनिल बलले मिलाएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच आर्मी क्लबका नवयुग श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । गोल्डकपको चौथो सिजन चल्दै गर्दा तीन पटक त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको हो । आर्मीले बिगतका दुई सिजनको उपाधि रक्षा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५