RUMPUM
animated ellipse animated ellipse

अवैध यौन धन्दा चलाउँने होटल सञ्चालिकासहित चार जनालाई पूर्पक्षको लागि थुनामा राख्न आदेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ बैशाख २०७६, बुधबार २०:१९
3
Shares
विराटनगर / होटल तथा रेष्टुरेन्टको आवरणमा विराटनगर महानगरपालिका क्षेत्रमा हुने अवैध यौन धन्दा बढदै गएको छ । विराटनगरको केही होटल तथा रेष्टुरेष्टहरूमा डर, त्रास र जवरजस्ती रूपमा किशोरीलाई यौन धन्दामा लगाउने गरेको रहस्य खुलेको हो ।

रेष्टुरेन्टको आवरणमा बालिका र किशोरीलाई जवरजस्ती अवैध रुपमा यौनधन्दामा लगाउने विराटनगर– ९ रोडशेष चौक स्थित ‘टिफिन रेष्टुरेन्ट’ को सञ्चालिकासहित दुई जना पुर्पक्षको लागि थुनामा गएको एक महिनापछि पुनः विराटनगरमै एक होटल सञ्चालिकासहित चार जना पक्राउ परेका हुन ।

उनीहरुले यौन सम्पर्क नगरे ज्यान मार्नेदेखि विभिन्न डर, त्रास देखाएर किशोरीहरूलाई करकापमा पारेर यौन धन्दामा लगाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका चार जनलाई प्रहरीले अदालतमा ‘मानव वेचबिखन तथा ओसार पसार र जवरजस्ती करणीमा मुद्दामा म्याद थप गरि अनुसन्धान पुरा गरेपछि अभियुक्तलाई १२ वैशाखमा अदालत उपस्थित गराएको थियो । विराटनगरको वेलकम होटल सञ्चालिकसहित तीन जनालाई मोरङ अदालतले मंगलबार पुर्पक्षको लागि थुनामा राख्न र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।

जिल्ला अदालत मोरङको ४ नम्बर इजालसमा भएको थुनछेक बहसपछि न्यायधिश दिपक खनालको आदेशले होटल सञ्चालिका विराटनगर– ३ की ४६ वर्षीय शुसिला ढुङ्गगेल (अधिकारी), विराटनगर –७ घर भइ सिरहाको लहान बस्ने ३२ वर्षीय नुर जमाल र बुढीगंगा गाउँपालिका– ३ का ३५ वर्षीय आशिष महतोलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् ।

त्यस्तै सिरहा धनगढीमाई नगरपालिका – ११ का २८ वर्षिय सन्तोष कुमार परियारलाई १ लाख रुपैयाँ धरौटिमा छोडन अदालतले आदेश दिएको थियो । मंगलबार साँझसम्म अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि परियारलाई थुनामा पठाएको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिए । अदालतको आदेशपछि उनीहरू जिल्ला कारागार मोरङमा चलान भएका छन् ।
मुलुकी फौजदारी कार्य्विधी संहिता २०७४ को दफा ६७ बमोजिम उनीहरूलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर