इंग्ल्यान्ड कप्तान ओइन मोर्गनसहित ४ खेलाडी दुई देशबाट विश्वकप खेल्ने दुर्लभ अवसर पाए

खबर पूर्वाञ्चल, १८ बैशाख २०७६, बुधबार १३:३२
ओइन मोर्गन

विराटनगर / एकदिवसिय क्रिकेट विश्वकप आगमी मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपको इतिहासमा चार खेलाडीले दुई देशबाट विश्वकप खेली सकेका छन् । दुई देशबाट विश्वकप खेल्ने दुर्लभ अवसर पाएका इंग्ल्यान्ड कप्तान ओइन मोर्गन, केप्लर वेसल्स, एन्डरसन कमिन्स, एड जोएस दुई देशबाट विश्वकप खेले थिए ।

केप्लर वेसल्स
दुई देशबाट विश्वकप खेल्ने पहिलो खेलाडी केप्लर वेसल्सको नाममा विश्व खेल्ने दुर्लभ अवसर पाएका थिए । केप्लरको जन्म दक्षिण अफ्रिकाको ब्लोमफोटेनमा भएको थियो । दायाँ हाते ब्याट्सम्यान उनले सन् १९८३ को विश्वकप भने अष्ट्रेलियाबाट खेले । त्यस पछी सन १९९२ को विश्कप उनले दक्षिण अफ्रिकाबाट खेल्दै इतिहास रचे र दुवै देशबाट विश्वकप खेल्ने पहिलो खेलाडी बने ।

केप्लर वेसल्स

एन्डरसन कमिन्स
अलराउन्डर एन्डरसन कमिन्सले वेस्ट इन्डिज र क्यानडाबाट विश्वकप खेलका छन् । उनले सन् १९९२ को विश्वकपमा वेस्ट इन्डिजबाट खेलेका थिए । त्यस्तै सन् २००७ को विश्कपमा भने उनले क्यानडाबाट विश्वकप खेले । क्यानडाबाट विश्वकप खेलेसँगै उनी दुई देशबाट विश्वकप खेल्ने दोस्रो खेलाडी बन्न पुगे ।

एन्डरसन कमिन्स

एड जोएस
ब्याट्सम्यान जोएसको जन्म आयरल्यान्डको राजधानी डब्लिनमा भएको थियो । तर उनले पहिलो विश्वकप सन् २००७ मा इंग्ल्यान्डबाट खेले । उनले सन् २०११ र २०१५ को विश्वकपमा भने आप्mनै देश आयरल्यान्डबाट खेलेका थिए ।

एड जोएस

ओइन मोर्गन
आयरल्यान्डमा जन्मेका इंग्ल्यान्डका हालका कप्तान ओइन मोर्गनले पनि दुई देशबाट विश्वकप खेलेका छन् । मोर्गनले सन् २००७ को विश्वकप आफ्नो देश आयरल्यान्डबाट खेलेका थिए । सन् २०११ र सन् २०१५ मा भने उनले इंग्ल्यान्डबाट विश्वकप खेले । आगामी महिना हुने वान डे विश्वकपको लागि घरेलु टोली इंग्ल्यान्डले उनकै कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५