पूर्वाञ्चल खबर
विराटनगर / राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगरले जागृति महिला बृद्धाआश्रमका वृद्धा आमाहरुलाई फलफुल तथा भोजन गराएका छन् ।
मातातिर्थ औशीको अवसरमा आश्रममा रहेका एक दर्जन वृद्धा आमाहरुको स्याहार सुसार गर्नुका साथै केक काटेर भोजन गराएका छन् । मातातिर्थ औशीको अवसर पारेर वृद्ध आमाहरुलाई फलफुल तथा भोजन गराईएको राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगरकी अध्यक्ष सायदा तबस्सुमले जानकारी दिइनन् । ‘आमाको मुख हेर्ने दिन,माता तिर्थ औशी अझै आउन हप्ता दिन बाकी, ‘छ त्यो दिन सबैजना व्यस्त हुनाले आजै हामीले आमाहरुलाई सम्झेका हौ ।’ विराटनगर पुष्पलाल चोकमा रहेको महिला जागृति वृद्धाआश्रमका आमाहरुको नङ, कपाल र काटेर श्रृंगारका सामान समेत प्रदान गरेका थिए ।
सौन्दर्यकलाकर्मीहरुले आश्रममा रहेका आमाहरुसँग बसेर रमाईलो नाचगान समेत गरेर आमाहरुको मन भुलाईदिएका थिए । आमासेवा कार्यक्रममा नेपाल ट्रेड युनियन जिफन्ट महानगर कमिटि उपाध्यक्ष कला डाँगी , राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपालकी पूर्व जिल्ला अध्यक्ष ललिता धिमाल , सचिव सुमि राईलगायत कमिटिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।