CLASSICTECH NET

प्रदेश प्रमुख र प्रमुख सचिवविच भेट

खबर पूर्वाञ्चल, १४ बैशाख २०७६, शनिबार १६:४१

विराटनगर / प्रदेश न .१ का प्रमुख सचिवमा सरूवा भएर आएका सुरेश अधिकारीले प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्वाहाङसँग आज भेटघाट गरे ।

नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट प्रदेश न.१ का प्रमुख सचिवमा उनलाई सरूवा गरिएको हो ।प्रदेश सरकारमा प्रमुख सचिव भएर आउने उनी तेस्रो हुन् । सरकारी सेवा अवधी अझै ७ बर्ष बाकी रहेकोले उनी यो प्रदेशमा लामो समय बस्नेछन् ।यश अधि शम्भू कोइराला र केदार न्यौपानेले प्रमुख सचिव भएर काम गरिसकेका छन् ।

प्रदेश प्रमुखसँगको भेटघाटमा अधिकारीले आर्थिक सुशासनमा जोड दिएर समग्र प्रदेशको विकासलाई गति दिने बताएको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताए । ५१ बर्षिय अधिकारी २०५१ सालका अधिकृतका रुपमा सरकारी सेवामा लागेका हुन् । २०६७ सालमा मोरङको प्रमुख जिल्ला अधिकारी भएर डेढ बर्षको अनुभव पछि उनी गृह, सूचना तथा सञ्चार र सामान्य प्रशासन मन्त्रालयमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

संखुवासभा खादवारी २ घर भएका अधिकारीले यो प्रदेशको विकासको लागि ४ एजेन्डामा केन्द्रीत रहेर काम गर्ने बताए ।
उनका अनुसार ,प्रदेश सरकारको दृष्टिकोण , नीति र लक्ष्य अनुसार अघि बढदै प्रदेश प्रशासनलाई कृयाशिल बनाउने उनको प्रमुख एजेन्डा छ । यस्तै प्रदेशको समग्र विकाशको अनुगमन ,मूल्याङ्कन र विकाशको कामलाई गति दिनु , प्रदेशको कानून निर्माणमा सहजिकरण गर्ने र आर्थिक अनुशासन र सुशासन कायम गर्नु , विभन्न क्षेत्रसग सहकार्य गरेर अघि बढने लक्ष्य लिएको उनले स्पस्ट पारे ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५