CLASSICTECH NET

सामुहिक बलात्कारको शिकार भएकी एक महिलाले अझै न्याय पाइनन्

खबर पूर्वाञ्चल, १३ बैशाख २०७६, शुक्रबार १७:०२

विराटनगर / विराटनगरर मोरङको रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीका तीन व्यक्तिबाट पटक–पटक बलात्कार हुँदा पनि स्थानीय एक महिलाले न्याय पाएकी छैनन् ।

प्रहरीले असहयोग गरेका कारण दुई पटक सामुहिक बलात्कार र एक पटकसामुहिक बलात्कार प्रयासको शिकारमा परेकी रतुवामाई नगरपालिका ३ की २३ बर्षीय महिलाले न्याय नपाएको बताएकी छिन । गाउँमा न्याय नसक्ने अवस्था भएपछि उनीहरु अहिले न्याय खोज्दै विराटनगरसम्म आएका छन् । सोही वडाका ५५ बर्षीय गान्धिप्रसाद सिंह गन्गाई , ३५ बर्षीय विनोद सिंह र ३० वर्षीय चन्दन सिंहद्वारा दुई पटक सामुहिक बलात्कारको शिकार भएकी पीडित महिलाले अनुसन्धान अधिकारीको लापवाहीका कारण न्यायविहीन बन्नु परेको गुनासो गरेकी हुन ।

गत चैत्र २५ गते साँझ घरनजिकैको बाँस झ्याङमा भैंसी लिन गएकी ती महिलालाई गान्धी प्रसादसहित तीनजनाले मुख थुनेर बलत्कार गर्न खोजे । उनी चिच्याएको आवाज सुनेर छिमेकीको घरमा मोबाइल चार्ज गर्न गएका श्रीमान दौडँदै आए ।

श्रीमतीलाई स्थानीय व्यापारी गान्धीसहितको समूहले बलात्कार कोशिस गरिरहेको देखेपछि उनले छुटाउने कोशिस गरे । उनले श्रीमतीलाई त बलात्कार हुनबाट जोगाए तर आफै भने निर्घात कुटिए । श्रीमानले जोगाएपछि गुनासो लिएर इलाका प्रहरी कार्यालय सिजुवा पुगेकी महिलालाई प्रहरीले पीडकसंग मिलेमतो गरेर मुद्धा कमजोर बनाएको पीडित महिलाको आरोप छ । प्रहरीले बलत्कार प्रयासको मुद्धा दर्ता गर्नुपर्नेमा यौन दुरब्यवहारको मुद्धा दर्ता गरेको हो ।

तत्काल इलाका प्रहरी कार्यालय सिजुवामा दुवैजना न्याय माग्दै पुगे । गान्धी सिंह समूहले ‘प्रहरीलाई उजुरी दिए ज्यान मार्ने’ धम्की दिएपछि क्लिनिकमा उपचार गराउँदै आएका उनीहरू कोशी अञ्चल अस्पताल पुगे । गान्धीले गाउँमा हुकुम जमाएर धम्की दिँदै दिनदहाडै महिलालाई हातपात गर्ने गरेको स्थानीयको आरोप छ ।

पीडित इलाका प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योगको मुद्दा लिएर पुगिन् । तर, इप्रका सिजुवाका तत्कालीन प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले यौन दुव्र्यवहारको निवेदन मात्र लिए । उजुरी लिएको एक दिनपछि चैत २७ गते प्रहरीले यौन दुव्र्यवहार मुद्दा मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १८ को दफा २२४ को उपदफा १ बमोजिमको कसूर शीर्षक पर्ने भएकोले प्रहरीले अनुसन्धान गर्न नपाउने भन्दै सम्बन्धित निकायमा उजुरी गर्न भन्दै पीडितलाई फर्काइदिए ।

पीडितले आफूमाथि बलत्कार गरेको भन्दै दिएको निवेदन उपर मिलापत्र गराएका श्रेष्ठले अन्तिम पटक जाहेरीमा यौन दुव्र्यवहार गरेको उल्लेख गराएपछि प्रहरीको अनुसन्धान क्षेत्रबाट अदालतको क्षेत्रमा मुद्दा सरेको छ । अनुसन्धान अधिकारी इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक श्रेष्ठ यहि घटनाको अनुसन्धानमा लापवाही गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङमा चैत्र २८ गते तानिएका छन् ।

गान्धी सिंहसहित तीन जनाको समूहले गत फागुन २० गते पहिलो पटक सामुहिक बलत्कार गरेको र प्रहरीलाई जानकारी दिँदा पनि सो घटना आफ्लाई धम्की दिदै गाउँमै मिलाएको पीडितले बताइन । त्यसको केही दिनपछि दोस्रो पटक पुन उनीहरुलेनै बलत्कार गरेकी महिलालाई प्रहरीले प्रहरी कार्यालयमै मौखिम मिलानपत्र गराएर फर्काएको उनको भनाई छ ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार परिच्छेद १८ को २२४ अन्तर्गत यौन दुव्र्यवहारको मुद्दा दुनियावादी फौजदारी अन्तर्गत पर्दछ । जसमा व्यक्ति आफैैंले अदालतमा फिराद दर्ता गराउनुपर्ने हुन्छ र प्रमाण समेत पु¥याउन सके सजाय ठहर्छ । तत्कालिन प्रमाणको रुपमा पीडितले प्रहरीमा दिएका निवेदनहरु पहुँचवालासँगको मिलेमतोमा प्रहरी निरीक्षक श्रेष्ठले नष्ट गरेका कारण अहिले मोरङ प्रहरी नै अलमलमा परिरहेको छ ।

मोरङका प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठ अनुसन्धानमा लापरवाही गरेका कारण इप्रका सिजुवाका प्रहरी निरीक्षक श्रेष्ठलाई जिल्लामा तानिएको बताए । उनले पीडितलाई न्याय दिलाउन प्रहरी सहयोगी बनिरहेको तर अदालतको क्षेत्राधिकार अनुसारका निवेदन आएका कारण अदालती प्रक्रियामै जानुपर्ने बताउनुहुन्छ । पीडितलाई यौन दुव्र्यवहारको मुद्दा आफ्नो क्षेत्राधिकार भित्र नरहेको छुट्टै दरपिठ पत्र प्रहरी निरीक्षक श्रेष्ठले दिएका थिए ।

रतुवामाई नगरपालिका उपप्रमुख दमन्ता चुँडालले प्रहरीले दुर्यव्यवहारको आरोप आशयको निवेदन दर्ता गराउने तयारी भईरहेको बेला आफूले हस्तक्षेप गरेर जर्बरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्नुपर्ने माग गरेपनि प्रहरी निरीक्षक श्रेष्ठले नमानेका कारण समस्या आएको बताइन् । न्यायको लागि विराटनगरमा विभिन्न निकायसँग परामर्श गरिरहेको पीडित परिवारले बैशाख ११ गते बुधवारसम्म मुद्दा दर्ता गर्न सकेको छैन । आरोपित गान्धी सिंहसहितको तीनैजनाको समूह अहिले गाउँ छोडेर फरार भएको प्रहरीको भनाई छ ।

अन्तिम पटकको घटना थाहा पाए लगतै सहयोग गर्दै आएका ओरेक विराटनगरका प्रमुख दिपक रसाइलीले दुई दिनसम्म उनीहरुलाई विराटनगर राखेर घर पठाएको बताए ।

तपाईको प्रतिक्रिया

SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE
HAMRO NURSING COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५