रिना बस्नेतको पोष्टमार्टमको प्रारम्भिक रिर्पाेट आयो, हत्या नगरेको प्रमाण भेटियो

खबर पूर्वाञ्चल, १२ बैशाख २०७६, बिहीबार २०:४४

विराटनगर / शनिबार विहान डेरा अगाडि नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेतको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पोष्टमार्टमको प्रारम्भिक रिर्पाेट आएको छ तर, रिपोर्टमा हत्या गरेर फालेको प्रमाण भेटिएको छैन ।

बस्नेतको दुर्घटनाका कारण मृत्यु भएको प्रारम्भिक पोष्टमार्टम रिपोर्टले देखाएको मोरङ प्रहरीले जनाएको छ । बस्नेतको प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा हत्या भएको नदेखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

पोष्टमार्टम रिर्पोटले घरमाथिबाट झरेको आशंकालाई बल पुगेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । ‘प्रारम्भिक पोष्टमार्टम रिपोर्टले टाउको र छातिभित्र चोट लागेको देखिन्छ’ उनले भने ।

स्थानीयले उनको बलात्कारपछि हत्या गरेर सडकमा फालेको हुनसक्ने आशंका गरेका थिए । तर प्रारम्भिक रिपोर्टमा बालात्कार भएको प्रमाण पनि देखिएको छैन ।

यद्यपि फरेन्सिक जाँचका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । मदिरा सेवन गरे नगरेको विषय फरेन्सिक रिपोर्ट आएपछि थाहा हुनेछ ।

शुक्रबार राति पथरीमा आयोजित कन्सर्टमा हेरेर कोठा फर्किएकी रिना बस्नेत डेरा अगाडि नग्न अवस्थामा मृत भेटिएकी थिइन् । उनका श्रीमान विदेशमा थिए । छोरासँग बस्दै आएकी उनी कमल नेपालसँग प्रेम सम्बन्धमा थिइन् ।

कमलको पोलिग्राफ टेस्ट

प्रहरीले रिनाका प्रेमी भनिएका नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक बयानमा कमलले रिनासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका–३ घर भइ पथरीमा व्यवसाय गर्दै आएका नेपालको पोलिग्राफ टेष्ट गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

रिनाको मृत्युलाई लिएर स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि मंगलबार दिनभर पथरी तनावग्रस्त भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २९ सेल अश्रूग्यास प्रहार गरेको थियो । मंगलबारै साँझ प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाकोको नेतृत्वमा छानविन टोली गठन भएपछि आन्दोलन रोकिएको छ ।

इन्स्पेक्टरलाई विभागमा तानियो

इलाका प्रहरी कार्यालय पथरी प्रमुख इन्सपेक्टर कमल बजगाईंले सक्रियतापूर्वक अनुसन्धान कार्य अघि नबढाएको आरोपमा उनी त्यहाँबाट हटाइएका छन् । जिल्लाले उनको ठाउँमा सुवास भट्टराईलाई जिम्मेवारी दिइसकेको छ । जिल्ला प्रहरी कार्यालयले डिएसपी नवराज ढुंगानालाई रिना मृत्यु प्रकरणको अनुसन्धानको अगुवा बनाएर मंगलबारदेखि पठाएको छ ।

प्रतिक्रियाहरु

  1. Ramesh लेख्नुहुन्छ

    कमल नेपालकाे बुडीलाई पनि पाेलेग्राफ टेष्ट गर्नुपर्छ

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५