पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश एकको सामाजिक विकास मन्त्रालयद्वारा गठित भाषा, साहित्य कला तथा संस्कृतिक सम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पेस गरेको छ ।
कार्यदलले आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिवेदन पेस गर्दै प्राज्ञिक संस्था गठन गर्न सुझाव दिएको हो ।
प्रतिवेदन बुझाउदै कार्यदल संयोजक प्रा.डा. टंक न्यौपानेले प्रदेशमा बोलिने केही भाषा लोप हुनेमा चिन्ता व्यक्त गरेका थिए । मन्त्री घिमिरे समक्ष उनले लोप हुन लागेको भाषाका लागि प्रदेशमा भाषिक सर्वेक्षण सुरु गर्न समेत सुझाव दिएका थिए ।
गत पुस १३ गते कार्यदल गठन भएको थियो । एक महिनापछि कार्यदलले कार्य प्रारम्भ गरेको हो ।
कार्य प्रारम्भ सुरु गरेको दुई महिना भित्रमा सुझाब संकलन गरि राय सहितको भाषा, साहित्य, कला तथा संस्कृतिकको विकास र संक्षण गर्न प्रदेश सरकारलाई प्रतिवेदन कार्य दलले प्रदेश सरकारलाई बुझाएका हुन् । मन्त्रालयले उपलब्ध गराएको कार्यविवरणका आधारमा कार्यदलले प्रदेशको १४ वटै जिल्लाका विभिन्न संघसंस्थाका प्रतिनिधीसहित समूहसँग छलफल गरि सुझाब लिएको कार्यदलका संयोजक न्यौपानेले बताए ।
प्रतिनिधी मुलक छलफलपछि यस क्षेत्रको विज्ञहरूसँग पनि राय लिएर यो प्रतिवेदन तयार पारिएको उनले बताए । कार्यदलले गरेको विर्मशका आधारमा सबै भाषा, लोकसाहित्य, ललितकला, रंङमञ्चीय नाटक, नृत्य, संस्कृतिक अन्तर्गतकका धर्म र पुरातत्वलाई समेटने गरि प्राज्ञहरूले काम गर्ने गरि एकीकृत रूपमा एक संस्थाको संरचना बनाउने भएको उनले बताए । सो संस्थाले भाषा, साहित्य, कला तथा संस्कृतिक क्षेत्रका प्राज्ञिक अध्ययन, अनुसन्धान र सर्वेक्षण गर्नेछ ।
कार्यदलले प्रदेश सरकारलाई बुझाएको प्रतिवेदन १ सय पृष्ठसहितको ६ वटा अनुसूची रहेको न्यौपानेले जानकारी दिए । ०६८ सालको जन गणनका अनुसार प्रदेश १ मा १ सय १६ जाति जनजातिको बसोबास र १ सय २३ नेपाली भाषामध्ये ७२ जना बढी भाषा यस प्रदेशमा रहेको छ ।
कार्यदलले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मन्त्री घिमिरले नेपाली साहित्य क्षेत्रका विज्ञ टोलीसहितको कार्यदलले बनाएको प्रतिवेदन प्रदेश सरकारलाई नीति निमार्ण गराउन मार्गदर्शनको हुने बताए । भाषा साहित्य नीति, ऐन, कानुन, संरचना कस्तो हुने जस्ता विषयको निरुपणका लागि कार्यदल गठन गरि अध्ययन गरिएको उनले बताए ।
प्रतिवेदन प्रदेश १ को मात्रै नभै समग्र देशकै कला, साहित्य र संस्कृतिकालागि मार्गदर्शक हुने मन्त्री घिमिरेले बताए ।