भर्ना अभियानका लागि नगरस्तरीय छलफल

खबर पूर्वाञ्चल, १० बैशाख २०७६, मंगलवार २१:०२

विराटनगर / विराटनगर महानगरले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन नगरस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आज महानगरमा आयोजित कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले ज्ञानको ज्योति बाल्ने महान अभियानमा आ–आफ्नो स्थानबाट सरिक हुन आग्रह गरे । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न महानगरका सवै संयन्त्र प्रयोग गरिने मेयर पराजुलीले बताए ।

अभियानलाई प्रभावकारी बनाउन विगतमा जस्तै सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक संघसंस्था एवं उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधि ,पत्रकारसहित सवैको भुमिका आवश्यक रहने पराजुलीको भनाइ थियो । सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको अभियान अन्तरगत आफुले काम गरिरहेको उनले सुनाए ।

शिक्षा परिवर्तन महानगरको पहिलो प्राथमिकता भएको भन्दै पराजुलीले प्रविधिक ,समय सुहाउदो र नैतिकतासहितको शिक्षा प्रणाली लागुगर्ने लक्ष्यका साथ महानगर लागिरहेको बताए ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले शैक्षिक सत्र –२०७६ का लागि विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहुने अवस्था सिर्जना गरिने बताए ।

कार्यक्रममा अभिभावक संघ प्रदेश नं.१ का अध्यक्ष देवी पन्थी,शिक्षा शाखा उपसचिव दुर्गाप्रसाद खतिवडा,अभिभावक पिताम्बर दाहाल,वार्ड नं.१ का वडाध्यक्ष उद्धव अर्याललगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५