प्रेमिका जिस्क्याएको निहुँमा साथीको हत्या गर्ने पाँच वर्षपछि पक्राउ

खबर पूर्वाञ्चल, ९ बैशाख २०७६, सोमबार २१:४०

विराटनगर / प्रेमिका जिस्क्याएको निहुँमा साथीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक यूवकलाई पक्राउ गरेको छ ।

२०७० कात्तिक १२ गते पथरी शनिश्चरे नगरपालिका– ६ का ३२ वर्षका पारा भनिने हैकमसिंह मगरको हत्यामा संलग्न भएको आरोपमा आइतबार प्रहरीले स्थानीय रुद्र आङ्देम्बेलाई पक्राउ गरेको हो ।

प्रेमिका जिस्काएको आरोपमा विवाद भएपछि २६ वर्षका आङ्देम्बे सहितको समुहले मगरमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले बताएको छ । मगर बोल्न सक्दैन थिए । तर राति तिहारमा हिँडाउने नाँचको ‘रिहर्सल’ गर्ने क्रममा विवाद हुँदा उनको ज्यान गुएको हो ।

भोलिपल्ट भागेर भारत पुगेका उनी आइतबार पक्राउ परेका हुन् । उनी गाउँ फर्किएका बेला आइतबार बिहान ८ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

प्रहरीका अनुसार मगरको हत्या ९–१० जनाको समूहले गरेको हो । हत्यामा संलग्न अन्य फरार छन् । पाँच वर्षपछि रुद्र पक्राउ परेपछि अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरीले बताएको छ । तत्कालिन समयमा प्रहरीले मगरको हत्यामा प्रयोग भएको रगत लागेको खुकुरी र कपडा आङदेम्बेको घरबाट बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५