AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आमा खोज्दै स्वीस नागरिक विराटनगरमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७६, शनिबार २१:०५
9
Shares
आमा खोज्दै विराटनगर आएका स्वीस नागरिक राजु । तस्वीर : पुष्पराज थपलिया
कुुमोद अधिकारी
विराटनगर / धर्मपुुत्रको रुपमा स्वीजरल्याण्ड पुुगेका नेपाली मुुलका स्वीस नागरिक ३९ वर्षपछि आमा खोज्दै विराटनगर आएका छन् । सन १९८० मा धर्मपुुत्रको रुपमा स्वीजरल्याण्ड पुुगेका ३९ वर्षिय राजुु स्वीजर आमा रुपा राई खोज्दै विराटनगर आएका हुन् ।

स्वीस नागरिक हेम स्वीजर र उनकी श्रीमती भेटा स्वीजर केलरले राजुुलाई धर्मपुुत्रको रुपमा स्वीजरल्याण्ड लगेका थिए । ६ महिनाको उमेरमा पुगेका उनले आमा नभेटेका हुन् । उनले विराटनगरको वृद्धा आश्रम, अनाथालयलगायत विभिन्न ठाउँमा खोजी गरेपनि आमा नभेटेको बताए ।

भारतको सिलगडीमा स्वीस नागरिकलाई धर्मपुुत्रको रुपमा आफुुलाई जिम्मा लगाएर पूर्वी नेपालको कुुनै ठाँउमा रहेको दिदीको घरमा आमा वस्न थालेको उनको भनाई छ ।
त्यही अनुुमानमा उनी आमा खोज्दै विराटनगर आएका हुुन । ९ महिनाको हुुदा धर्मपुुध भएर विदेश जानुु परेकाले आफनो आफन्त इस्टमित्र खोज्दै आएपनि नभेटेको बताए ।

अनुुहार रंग रुप नेपाली जस्तो देखिएपनि राजुु नेपाली वोल्न जान्दैनन् । पासर्पोटमा उनको नाम राजुु स्वीजर छ । आमा खोज्दै उनी जिल्ला प्रशासन कार्यालय मोरङमा समेत पुुगेका छन् ।
रुपा राईको नाममा वनेका सवै नागरिकताको फोटो हेरेर आमालाई चिन्ने प्रयास समेत उनले गरे । मोरङका सहायक प्रमुुख जिल्ला अधिकारी चन्द्रकला ओलीले मोरङमा रुपा राईको नाम गरेका १० जनाले नागरिकता लिएको पाइएको बताए । आमाको उमेरसँग मेलखाने एकजना रुपा राईले देखिएको उनले बताए । राजुुको आमा खोज्नका लागि जिल्ला प्रशासनबाट कार्यालयबाट हुुन सक्ने सबै सहयोग गरिरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर