AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पत्रकारिता क्षेत्र स्वतन्त्र हुनु पर्छ– पूर्व प्रम खनाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७६, शनिबार २०:३७
3
Shares
इलाम / नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आज इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजित नेपाल पत्रकार महासङ्घ प्रदेश नंं को पार्षद् भेलामा पूर्व प्रम खनालले सो कुरा बताएका हुन् । नेता खनालले राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा जोड दिए ।

नेता खनालले पत्रकारिताले राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्दै लोकतन्त्रलाई बलियो बनाउनु, राष्ट्रियतामा आँच आउन नदिनु, सुशासन, दिगो विकास र सांस्कृतिक विषयवस्तुको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको समेत बताए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता समेत रहेका खनालले सुशासन विना मुलुक अघि बढ्न नसक्ने भन्दै बन्द, हडताल र आतङ्कबाट समेत सबै त्रसित बनाउन बन्द गर्नु पर्ने बताए । अहिले मुलुकको लोकतन्त्रमाथि नै प्रश्न उठाउन थालिएको भन्दै उनले अव लोकतन्त्र टिकाउन लाग्नुपर्नेमा जोड दिए ।

मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै छिमेकी राष्ट्रसँग समेत समान व्यवहार गर्दै अघि बढ्नु पर्ने बताउँदै नेता खनालले मुलुक स्वाधीन र स्वतन्त्र राष्ट्र भएको भन्दै हाम्रा भू–भाग र क्षेत्रफलका बारेमा आवाज उठाउन सक्नुपर्नेमा जोड दिए । ‘‘दिगो विकास नभएसम्म कुनै पनि हालतमा हामी समृद्धिको बाटोमा पुग्न सक्दैनौं’’, उनले भने, हामीले हाम्रा संस्कृतिको जर्गेनामा लाग्दै सुशासनको बाटोतर्फ लम्किनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर