व्यवसायीहरुले वैंकमा निक्षेप वढाएमा वैंकले ऋृणको व्याज दर घटाउँछ :अर्थमन्त्री डा. खतिवडा

खबर पूर्वाञ्चल, ६ बैशाख २०७६, शुक्रबार २०:०१

विराटनगर / उत्पादन गर्ने ठूला उद्यमी र पूर्वाधार निर्माण गर्ने कम्पनीलाई वैक ऋण व्याजदरमा सहलियत प्रदान गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

नेपाल सरकार अर्थ मन्त्रालय , राजश्व परामर्श समिति, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आज विराटनगरमा सयुक्त रुपमा आयोजित आर्थिक वर्ष २०७६/७७ को वजेट, राजश्व नीती कार्यक्रम तर्जुमा सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले उद्यमी र व्यवसायीहरुले वैंकमा निक्षेप वढाएमा वैंकले ऋृणको व्याज दर घटाउने बताए ।

सरकारले सम्पूर्ण अर्थन्त्रमा उद्योगीहरुको भागीदारी हुनु पर्छ सोचले कार्य गरिरहेको छ भन्दै अर्थमन्त्री डा. खतिवडाले सर्वसुलभ मूल्यमा जनतालाई वस्तु उपलव्ध गराई आन्तरिक रुपमा प्रतिस्पर्धी हुने उद्योगलाई सरकारले सर्सत संक्षरक्षण गर्ने बताए ।

प्रदेश नं १ को आर्थिक समृद्धको ढोकाको रुपमा रहेको ठूला दुई देश जोडने “विराटनगर–किमाथाङ”सडकको वाँकी ट्रयाक खोल्नका लागि नेपाली सेनाको प्रयोग गरिने तथा चीनतर्फको सीमा क्षेत्रमा भन्सार कार्यालय खोल्ने निर्णय भएको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।

सरकारले नेपाललाई विश्वका सस्ता र गुणस्तरहीन वस्तुको प्रयोगस्थल हुन नदिन चाडैनै एन्टि डम्पिङ्ग कानून ल्याउने वताउँदै अर्थमन्त्री डा. खतिवडाले विश्व वजारमा सस्तो मूल्यका वस्तुहरु धुलो दुध, ध्यू र चिनीलगायतका अन्य २० प्रकारका वस्तु आयातमा रोक्नका लागि निश्चित भन्सार मूल्याङकन दर कायम गरेको वताए ।

सरकारले उद्योगलाई फष्टाउनका लागि कच्चा पदार्थ र तयारी वस्तुमा एक तह फरक भन्सार मूल्याकन कायम गरिएको वताउदै अर्थमन्त्री डा. खतिवडाले स्वदेशी उद्योग प्रतिस्पधी वनाउँन सरकारले सदैव सहयोग गर्ने बताए ।
राज्यको नीतिलाई उद्योगी र व्यवसायीहरुले चुनौति दिने कार्य गर्नु नहुने भन्दै अर्थमन्त्री डा. खतिवडाले वर्तमान सरकार निजी क्षेत्रको सहकार्यवाट मुलुकमा समृद्ध गर्ने कार्यमा अगाडि वढीरहेको समेत वताए ।

वर्तमान सरकार स्थिर हो र विगत एक वर्षमा तीन सय कानून निर्माण गरिएको हुनाले धैर्य गर्न आग्रह गर्दै अर्थमन्त्री डा. खतिवडाले अर्थतन्त्र विगार्ने गरि क्षणिक लोकप्रिय कार्यक्रम नल्याई अल्प, मध्य र दिर्घकालिन सोचले मुलुकको समग्र विकासक गर्ने उद्देश्यले कार्य गरिरहेको बताए ।

सरकार पूर्वाधार निर्माण, सुरक्षा आदिका लागि व्यवसायीको करवाट सञ्चालन हुने भएकोले कर तिर्नु उद्योगीव्यवायीहरुको कर्तव्य हो भन्दै लक्षित समुदायसंग पूर्याउनका लागि कृषि, उद्योग, व्यापार निर्यातजन्य उद्योगलाई अनुदान सरकारले दिने अर्थमन्त्री डा. खतिवडाले प्रष्ट पारे ।

दोहोर आर्थिक वृद्धि दर कायम गर्न स्थानीय सरकारसँगको सहकार्यवाट सम्भव हुने वताउँदै विराटनगर महानगरापलिकाका मेयर भीम पराजुलीले चक्रपथ निर्माण, विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र स्वास्थ्य विमालाई ५ लाख गर्नका लागि आवश्यक थप वजेट विनियोजन गर्न आग्रह गरे ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर प्रधान, पूर्व अध्यक्ष चण्डीराज ढकालले पूजींगत खर्च वढाउँनु पर्ने,वैक ऋणको व्याज दर घटाउँनु पर्ने, नेपालमै औद्योगिक दक्ष जनशक्ति उत्पादनका प्राविधिक शिक्षालयको विस्तार गर्नु पर्ने वताए ।

मोरङ , सुनसरी जिल्लाका उद्यमी व्यवसायी,पर्यटन व्यवसायी, कृषि उद्यमी र व्यवसायीहरुले कच्चा पदार्थको भन्सार मूल्याङकन कम हुनु पर्ने, सुपारी, अदुवा र अलैचीको आयात बन्द गर्नु पर्ने , रसायनिक मल सहज हुनुपर्ने,वैकले सेवामा मुनाफा आर्जन गर्नुपर्ने, निर्यात उद्यमीलाई अनुदान उपलव्ध गरानु पर्ने, पर्यटकीय सवारी साधन आयातमा भन्सार छुट दिनलाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५