CLASSICTECH NET

वडा ६ को कार्यालयमा लगाएको ताला खुल्यो

खबर पूर्वाञ्चल, ६ बैशाख २०७६, शुक्रबार १८:०२

विराटनगर / सुकुम्बासीको घर भत्काएको भन्दै विराटनगर महानगरपालीका वडा नं. ६ को कार्यालयमा स्थानीयले लगाएको ताला खुलेको छ ।

वडा कार्यालयमा कार्यालय समय शुरु लगतै भेला भएका स्थानीयले बडा अध्यक्ष विजय कामत र बडा सदस्य चम्पा कार्कीसहित कर्मचारीलाई भित्र थुनेर तालाबन्दी गरेका थिए । ताला तीन बजे खेलेको हो । सो वडामा पर्ने धुधुवा पैनी अतिक्रमण गरेर घर बनाएको भन्दै हिजो साँझ महानगरपालिकाले नगर प्रहरी परिचालन गरी डोजर लगाएर घर टहरा भत्काएको थियो । सो क्षेत्रमा दुई महिना अगाडी मात्र ८ घरपरिवारले घर बनाएर बसोबास गर्दै आएका थिए । त्यसैको विरोधमा उनीहरुले तालाबन्दी गरेका हुन । आफूहरुलाई कुनै जानकारी नै नदिईकन घर भत्काएकोले ताला लगाएको दिनेशकुमार कामतले बताए । कामतले क्षतिपुर्तिसहित पुन त्यही ठाउँमा बसोबास गर्ने ब्यवस्था नभए आइतवारबाट पुन तालाबन्दी गरेर आन्दोलन गर्ने बताए ।

वडा अध्यक्ष विजय कामतले महानगरले आफुलाई समेत जानकारी नै नदिइ घर भत्काएको र यसमा आफ्नो समेत समर्थन नभएको बताउनुभयो । तालाबन्दी गरेपछि मेयर र उपमेयरलाई खबर गरेपनि बेवास्था गरेको बडा अध्यक्ष कामतको आरोप छ ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५