गुणस्तरमा अब्बल गोदावरी विद्या मन्दिर

खबर पूर्वाञ्चल, ५ बैशाख २०७६, बिहीबार १९:३७

इटहरी / विस २०४९ सालमा स्थापित गोदावारी विद्या मन्दीरको प्रदेश १ मा छुट्टै पहिचान छ । २६ वर्षअघि सामाजिक अगुवाहरुले इटहरीमा स्थापना गरेको गोदाबारीको व्यवस्थापन पूर्व विद्यार्थीहरुको समुहले गर्दैछ ।

गुणस्तरीय शिक्षा र एसएलसी परीक्षामा उत्कृष्ठ नतिजा ल्याएर सधै चर्चामा रहेको गोदावारीमा नयाँ व्यवस्थापन आएसँगै शिक्षण पद्दतीमा पनि सुधार आएको छ । नयाँ व्यवस्थापन समुह आएपछि क्यारियर ट्रेनिङ फाउण्डेशन नेपाल (सिटिएफ) सँगको सहकार्यमा बाल मनोविज्ञानमा आधारित सिकाई पद्धती अवलम्बन गरेको छ ।

विद्यार्थी, अभिभावक, शिक्षक सञ्चालक समितिलाई सिटिएफले शिक्षण सिकाई पद्धती सम्बन्धी काउन्सिलिङ र तालिम गर्दै आएको छ ।

इटहरी र आशपासका अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको गोदाबारीले भौतिक पूर्वाधार निर्माण, खेलमैदान खेल सामाग्री व्यवस्थापन, सिसी क्यामेराको निगरानी र स्कूल बसको व्यवस्थापनमा ध्यान दिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष कमल कोइराला बताउँछन् ।

परिवर्तनशिल समयमा सफल र असल नागरिक उत्पादन गर्ने मुख्य दाहित्व रहेको विद्यालयको एकेडेमिक डाइरेक्टर डाक्टर बालकृृष्ण साह बताउँछन् । उनी गोदावारी विद्या मन्दीरका पूर्व विद्यार्थी पनि हुन् ।

गोदावारीको वातावरणसँग आफू परिचित रहेकाले गोदावारीको मान सम्मान उच्च बनाउँन सधै ध्यान केन्द्रित हुने उनको भनाई छ । स्त्री तथा प्रसूति रोग विषेशज्ञ समेत रहेका डाक्टर साहले गोदावारीका पूर्व विद्यार्थीको समुह स्थापना गरी सामाजिक कार्यलाई अघि बढाउने योजना रहेको बताउँछन् । सामाजिक सेवासँगसँगै नेतृत्व विकास र सदभाव बढाउने कार्यमा पूर्व विद्यार्थीको समुह कृयाशिल रहनेछ । जसले गर्दा हाल अध्ययनरत विद्यार्थीलाई सामाजिक उत्तरदाहित्व बोध गराउन पनि सहज हुनेछ ।

आधुनिक पद्धतिको शिक्षण सिकाई अवलम्बन गर्दै शैक्षिक मात्र नभई आर्थिक सामाजिक र व्यवसायीक हिसाबले असल र दक्ष जनशक्ती उत्पादन गर्न ध्यान केन्द्रित गरेको डाक्टर साह जानकारी दिए ।

गोदावारी विद्या मन्दीरको प्रिन्सिपल धनबहादुर(डिवी) बस्नेत शान्त वातावरणमा गुणस्तीयर शिक्षा प्रदान गर्ने गरेको बताउँछन् ।

इटहरी उपमहानगरपालिका ८ मा स्थापित गोदावरीले प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्यापन गराउँदै
आएको छ । विज्ञान ल्याब, कम्यूटर ल्याब,छात्राबास, पुस्तकालयसहितका सेवाहरु प्रदान गर्दै आएको विद्यालयको पहिलो दाहित्व दक्ष जनशक्ती उत्पादनमा केन्द्रित रहने छ ।

विद्यालयबाट २५ औं ब्याचका विद्यार्थीहरुले एसएलसी तथा एसईई परीक्षा उत्तिर्ण गरिसकेको छन् । शिक्षण सिकाई मात्र नभई विद्यार्थीमा भएको बहुमखी प्रतिभा उजागर गर्न विद्या मन्दीरले अवसर प्रदान गर्ने प्रिन्सिपल बस्नेतले बताए ।

गुणस्तरीय शिक्षामा सधै गोदावरी अगाडि रहेको भाईस प्रिन्सिपल तथा सञ्चालक पारसमणी भण्डारी बताउँछन् । हाल सम्म ९ सय विद्यार्थीहरु एसएलसी तथा एसईई उतिर्ण भईसकेका विद्यालयका विद्यार्थी समाजमा अब्बल रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५