CLASSICTECH NET

विद्युतीय कारोबार ऐनको खारेजीको माग गर्दे पत्रकारहरु धर्नामा

खबर पूर्वाञ्चल, ५ बैशाख २०७६, बिहीबार १४:३८

विराटनगर / पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका छन् । मोरङ जिल्ला पत्रकार महासंघको अगुवाईमा प्रदेश पत्रकार महासंघ समेतको सहभागीतामा धर्ना दिएको हो ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग गर्दे पत्रकार महासंघ मोरङ शाखाले आज जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएको हो ।

पत्रकार महासंघ केन्द्रीय समितिले तय गरेबमोजिम आज देशैभरका शाखाहरुले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग गर्दे तथा पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको विनासर्त रिहाईको माग गर्दे धर्ना दिइएको पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले बताए ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

पत्रकारलाई विद्युतीय कारोबार ऐनको उक्त दफा अन्तर्गत पटकपटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको हो । जस अन्तर्गत विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दे महासंघले आन्दोलन गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५