मोरङमा १७ थान हतियार बुझाए

खबर पूर्वाञ्चल, ५ बैशाख २०७६, बिहीबार १६:२९

विराटनगर / शान्ती सुरक्षा थप सुढिढ वनाउन गृहमन्त्रालयले निर्देशन गरे बमोजिम हातहतियार बुझाउने आज अन्तिम दिन मोरङ जिल्लामा १७ थान विभिन्न प्रकारका हतियार बुझाएको छ ।

२०७५ साल चैत १ गतेदेखि ३५ दिने सुचना निकालेर विभिन्न हातहतियार बुझाउन गृहमन्त्रालयले निर्देशन गरेबमोजिम मोरङमा आजसम्ममा १७ थान हतियार बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताइन् । उनका अनुसार भरुवा बन्दुक र २ नाले बन्दुक रहेको जनायन् । नजीकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, उर्लाबारी, बेलबारीलगायतका सुरक्षा निकायका कार्यालयमा हातहतियार बुझाएको पनि उनले जानकारी दिइन् ।

मोरङ जिल्लामा ७ सय २३ जनाको नाममा दर्ता रहेको र म्याद भित्र २ सय १७ वटा मात्र हातहतियारको नविकरण भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
एकपटकलाई नेपाल सरकारले नविकरण नगरेका र अवैध रुपमा रहेका हातहतियार बुझाउनलाई निर्देशन गरेको हो । समयभित्र हातहतियार नबुझाएर पछि त्यस्ता हातहतियार भेटिएमा मुलुकी हातहतियार संहिता २०७२ अनुसार कार्वाही गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५