AArya
RUMPUM
animated ellipse animated ellipse

कोरियामा पुरानो बुलेट हुइकिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७६, बुधबार २०:४५
3
Shares

ख्याङसाङनाम्दो तमू धी बुसान शाखाद्वारा नेपाली कथानक चलचित्र पुरानो बुलेट कोरयिामा प्रदर्शन गरिने भएको छ । सेल्ट्रर स्थापना सहयोगार्थ चलचित्र ‘पुरानो बुलेट’ मे २६ आइतबारका दिन किम्हेमा प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।

चलचित्र पुरानो बुलेटमा नायक अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, शिव मुखिया, शिरोमणि दवाडीलगायतका कलाकारहरुको जीवन्त अभिनय रहेको छ । यस चलचित्र अल नेपाल प्रदर्शनपछि कोरियामा प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता सन्तोष राईले बताए ।

चलचित्रले नेपालमा प्रदर्शनको एक हप्तामा राम्रै कलेक्सन गर्न सफल भएको निर्माण टिमले बताएको छ । ठेट नेपाली शब्दहरु प्रयोग गरी गाउँले परिवेशमा आधारित यस चलचित्र नेपालमा प्रदर्शन हुनु अघि नै हङकङमा खुबै रुचाइएको थियो । हङकङको प्रथम प्रदर्शनपछि पुनः हङकङमा दोस्रो शो हुने कुरा भइरहेको निर्माता विरेन साम्बाले जानकारी दिए ।

आयोजक ख्याङसाङनाम्दो तमू धी बुसान शाखाले किम्हे, बुसान वरिपरी रहेको बिभिन्न सघं सस्थहरुलाई पुरानो बुलेट प्रदर्शन हुने दिन अर्थात मे २६ का दिन कुनै पनि कार्यक्रम नराखिदिनु हुन हार्दिक अनुरोध पनि गरेकोे छ । आयोजकले चलचित्रहरु प्रदर्शनको साथ साथै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर