CLASSICTECH NET

मिस नेवाः को तेस्रो संस्करणको तयारी

खबर पूर्वाञ्चल, ४ बैशाख २०७६, बुधबार २०:३३

विराटनगर / नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा पुनः मिस नेवाः कोशी हुने भएको छ ।

विगत ३ वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको मिस नेवाःको तयारी सुरु भएको छ । आयोजक मञ्जिना मुभिज क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारका अनुसार तेस्रो संस्करणको तयारी थालिएको छ । यस वर्षको विजेताले स्कूटी प्राप्त गर्नेछन् । यसबाहेक विजेतालाई अन्य आकर्षक उपहारसमेत प्रदान गरिने प्रबन्ध निर्देशक ताम्राकारले जनाए । ५ लाख रुपैयाँ बराबरको बिमा, म्युजिक भिडियोमा अभिनयलगायतका पुरस्कारसमेत प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन चाहने किशोरीहरूका लागि फारम खुल्ला गरिसकिएको छ । यही शनिबार विराटनगरबाट अडिसन सुरु हुनेछ । विराटनगरबाहेक धरानमा १४ र दमकमा २१ गते अडिसन हुने ताम्राकारले बताए । विभिन्न चरणमा छनौटमा राष्ट्रिय कलाकार, पत्रकार, साहित्यकारलगायतका समाजका प्रतिष्ठित व्यक्तिले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । यसअघि पहिलो संस्करणमा रैशा श्रेष्ठ र दोस्रो संस्करणमा सुधा श्रेष्ठ विजेता भएका थिए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५