मानव अधिकार आयोगविच समन्वय हुन जरुरी

खबर पूर्वाञ्चल, ४ बैशाख २०७६, बुधबार १७:५०

विराटनगर / राष्ट्रिय मानवअधिकार आयोगलगायत अन्य आयोगहरुमा ग्रामीण क्षेत्रका जनताको पहुच हुनु पर्ने सरोकारवालाहरुले बताएका छन ।

इन्सेक प्रदेश १ कार्यालय विराटनगर पूर्व आयुक्त समाज, राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा आज विराटनगरमा आयोजना गरिएको मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा राष्ट्रिय मानव अधिकार संयन्त्रहरु विचको समन्वयकारी भुमिका विषयक प्रदेश १ स्तरिय अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले आयोगहरु केन्द्रमा मात्र सिमित भएकोले ग्रामीण क्षेत्रका जनताको पहुच नभएको बताएका हुन् । उनीहरुले संविधानले सवै आयोगको प्रदेश कार्यालय स्थापना गर्नु पर्ने उल्लेख गरे पनि राष्ट्रिय मानव अधिकार आयोग बाहेक अरुको कार्यालय स्थापना नभएको बताएका छन् । उनीहरुले मानव अधिकार आयोगसहित आठ वटै आयोगको प्रदेश कार्यालय स्थापना गर्नु पर्ने जोड दिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगमा सवै आयोगको प्रतिनिधी राखेर समावेशी बनाउँदै स्थानीयतहसम्म पुर्याउनु पर्ने सुझाव दिएका छन् । हाल काम गर्दै आएका आयोगहरुविच समन्वयको कमी हुँदा एउटै घटना वाविषय बस्तु प्रतिको धारणा र बस्तु स्तिथि फरक आउने भएकोले आयोगको काम प्रतिजनताको विश्वासको कमी हुदै गएको बताए । एक जना महिला, मधेशी, जनजाति, दलित हुन सक्छीन उनी कुन आयोगमा जाने वा आयोगले अन्य आयोगतर्फ देखाउने हुँदा न्याय नपाउने सम्भावना हुने हुनाले राष्ट्रिय मानव अधिकार आयोगलाई नै समावेशी बनाउँदै स्थानीय तहसम्म पुर्याउन आवश्यक भएको सुझाव दिएका छन् ।

कार्यक्रममा एक नम्बर प्रदेश प्रमुख गोविन्द तुम्वाहाङले सवै आयोगको काम मानव अधिकारको संरक्षण र सम्द्र्धन भएको एक अर्कामा समन्वयहुन जरुरी रहेको बताए । सवै आयोगले छुट्टाछुट्टै कोणबाट घटना बारे अनुसन्धान गरे सत्य कुरा बाहिर आउन मद्धत मिल्ने भए पनि अन्य आयोगसंग समन्वय भने हुन जरुरी रहेको बताए ।
यसैगरी प्रदेश एक योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले राष्ट्रिय मानवअधिकार आयोगबाहेक अन्य आयोगहरुको काम अनुसन्धान र अन्वेषण गर्ने रहेकोले सवै आयोगका अध्यक्षहरु समावेश गरी मानवअधिकार आयोग बनाउनु पर्ने र समन्वय गरी काम गर्नु पर्ने बताए ।

यसैगरी पूर्व आयुक्त समाज, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तथा पूर्व प्रधानन्यायधिस केदारनाथ उपाध्यायले सवै आयोगविच समन्वय हुन जरुरी रहेको बताए । उपाध्यायले अहिले मानव अधिकारबादी सस्थापक क्रियाशिल हुदै गएको र राज्य पनि मानव अधिकारको मुद्धामा गम्भीर नभएको बताए । अरु तिर न्याय नपाए राष्ट्रिय मानवअधिकार आयोग जानु पर्ने भन्दै उपाध्यायले हरेक जिल्लामा मानव अधिकार कार्यालय स्थापना गर्न जरुरी रहेको बताए । अध्यक्ष उपाध्यायले सबै जिल्लामा पशु कार्यालय भए पनि मानव अधिकारको कार्यालय नहुनु दुखद भएको बताए ।

प्रदेश सभा सदस्य जयराम यादवले प्रदेशमा मानव अधिकार आयोग बाहेक अन्य आयोगको प्रदेश कार्यालय बनाउन आवश्यक नभएको बताए । यताप्रदेश सभा सदस्य खिनु लिङखवा लिम्बुले सवै आयोगको प्रदेश कार्यालय चाडै स्थापना गर्न दवाव दिनु पर्ने बताइन ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५