पूर्वाञ्चल खबर
आज विराटनगरमा मुस्लिम कम्यूनिटि सेन्टरले निर्माण गरिने विराटनगर–६ वुद्धचौकमा मुसाफिर खाना( सामायिक भवन)को शिलान्यास गर्दै मन्त्री पण्डितले जनतालाई सपना वाड्ने होइन योजना अनुसार कार्य गरेमामात्र समाजमा प्रभाव परे मात्र जनप्रतिनिधि सफल हुने बताए ।
पुरानो इतिहास वोकको विराटनगर शहरलाई जोगाउँन सवै समुदायको सहयोग आवश्यक रहेको वताउँदै मन्त्री पण्डितले शहरमा आवश्यक पर्ने सम्पूर्ण सुविधाका विकास गरी काठमाण्र्डौ पछि दोश्रो ठूलो शहर वनाउँने बताए ।
सामाजिक सद्भावसहित राजनीतिक सद्भाव भएमा मुलुकमा विकासले गतिलिने र जनताको सुखी र समृद्ध हुने वताउँदै मन्त्री पण्डितले यस क्षेत्रमा सवै दलवीचको सद्भाववाटै विकासको कार्यले तिव्रता लिने बताए ।
मन्त्री पण्डितले मुसलमान नेपालको राष्ट्रवादी र खुशी समुदाय रहेको वताउँर्दै सामाजिक एकतावाट मुलुकमा समृद्ध कायम हुने बताए । नेपाल कम्यूष्टि पार्टी (नेकपा)केन्दीय सदस्यद्वय विनोद ढकाल र महेश रेग्मीले लोकतन्त्रमा सम्पूर्ण जातजातिको संस्कृति, भाषा र भेषभुषाको संरक्षणवाट मुलुकमा समृद्धता झल्कने वताए ।
कम्यूनिटी सेन्टरका अध्यक्ष जावेद नवि इराकीको सभापतित्वमा भएको शिलन्यास समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, कम्यूनिटीका सचिव इन्तकाल आलमप(गुड्डु) , वडा नं ६ का अध्यक्ष विजय कामत र विद्यार्थी नेता वसिम आलमले मुसाफिर खाना निर्माणवाट यसक्षेत्रका सम्पूर्ण समुदायलाई सामाजिक कार्यका लागि सहज हुने बताए ।
चार कठ्ठा जग्गामा २८ हजार स्क्वायर फिटमा पार्किङ सहित पाँच तल्ले भवन निर्माणका लागि १८ करोड खर्च लाग्ने जनाएका छन् । इस्लामिक संस्कृति झल्कने निमार्ण हुने भवनमा नवाज पढ्ने (प्रार्थना हल), २ सय ५० जना अट्ने दुई सभा हल ४५ वटा कोठा रहने छ भने पार्किङमा ३० वटा चार चक्के मोटर सहित १ सय मोटरसाईकल राख्न सकिन्छ । सो भवन निर्माणका लागि मन्त्री पण्डितले तराई मधेश समृद्ध कार्यक्रम अन्तर्गत १ करोड उपलव्ध गराउँने भएका छन् ।