CLASSICTECH NET

कुटपिटबाट एक वृद्धको मृत्यु

खबर पूर्वाञ्चल, २ बैशाख २०७६, सोमबार २०:५२

सुनसरीमा । कुटपिटबाट सुनसरीमा एक वृद्धको मृत्यु भएकोे छ । सुनसरीको भोक्राह–नरसिंह गाउँपालिका–३ सर्बैया टोलमा कुटपिटबाट आइतबार मध्य रातमा एक बृद्धको मृत्यु भएको हो ।

राति साढे ११ बजे भोक्राह–नरसिंह गाउँपालिका–७ का २९ वर्षीय शंकर मण्डल र २५ वर्षीय बुदु मण्डलले सोही ठाउँका ७५ वर्षीय जागेश्वर मण्डल पुरानो रिसिईवीको कारण कुटपिट गरेका थिए । कुटपिटबाट मण्डलको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

प्रहरीले वृद्धको हत्या आरोपमा आइतबार राति नै भोक्राह नरसिंह गाउँपालिका ७ का शंकर मण्डल र बुदु मण्डललाई पक्रउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

भोक्राह–नरसिंह गाउँपालिका– ३ सर्बैया टोलमा पुगेका उनको राति ११ बजे हत्या भएको थियो । घटना हुनुअघि स्थानीयले बुदु मण्डललाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति १ बजे डिएपी ज्ञानेन्द्र फुयालको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले तत्काल शंकर र बुदुलाई नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५