RUMPUM
animated ellipse animated ellipse

पत्रकार महासङ्घ प्रदेश १ को भवन शिलान्यास

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ बैशाख २०७६, आईतवार २१:३४
3
Shares
विराटनगर/ विराटनगर–५ चाँदनी चोकमा निर्माण हुन लागेको नेपाल पत्रकार महासङ्घ प्रदेश–१ समितिको भवन शिलान्यास भएको छ ।  

महासङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भवनको शिलान्यास गरेका हुन् ।  विराटनगर महानगरपालिकाले प्रदान गरेको एक कट्ठा जमिनमा अत्याधुनिक सुविधा सम्पन्न तीन तले भवनको शिलान्यास भएको हो ।

भवन बनाउँनका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गरेपछि महासङ्घले आफ्नै भवन बनाउने काम शुरु गरेको हो । आगामी आर्थिक वर्षभित्रमा निर्माण कार्य पूरा गरिने गरी भवन निर्माणको काम शुरू गरिने पत्रकार महासङ्घ प्रदेशका महासचिव विवेक गौतमले जानकारी दिए ।

विराटनगर महानगरले जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो । तीन तला हुने भवन १ हजार ८ सय वर्ग फुटमा बन्नेछ । पहिलो तलामा व्यवसायिक योजनासहितका सटर र पुस्तकालय बन्नेछ भने दोस्रो तलामा कार्यालय र बैठक कक्ष रहनेछ । तेस्रो तलामा ३ सय जना अटाउने सभाहल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर