CLASSICTECH NET

मोरङको बेलवारीमा १ सय किलो खोर्सानीको हवन

खबर पूर्वाञ्चल, १ बैशाख २०७६, आईतवार २०:२९

विराटनगर / मोरङको बेलवारीमा आज १ सय किलो खोर्सानी हवनको गरिएको छ ।

मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जितपुरमा याशोक्यानी भगवती मन्दिरमा भेला भएका सर्बसाधरणले हवन कुण्ड वरीपरी बसेर खोर्सानी हवन गरे । तर कसैलाई खोर्सानीको राग आएको अनुभुति गरेनन् । आज मात्र होइन ११ वर्षयता वार्षिक रुपमा खोर्सानी हवन गरिदै आएको छ ।

प्रत्येक वर्ष राम नवमीको दिन गरिने हवनमा सहभागी हुन छिमेकी मुलुक भारतका साथै तेस्रो मुलुकका धार्मिक पर्यटक सोमबारेसम्म आई पुग्छन् ।आज खुर्सानी हवन अवलोकन गर्न प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला पनि पुगेका थिए ।

विश्व शान्तिको कामनासहित आयोजना गरिने हवनमा सय किलो भन्दाबढी सुकेका खुर्सानी प्रयोग गरिन्छ । धार्मिक विधिद्धारा तयार पारिएको हवन कुण्डमा प्रयोग हुने खुर्सानी घ्यूमा डुवाएर निकालिन्छ ।

मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जितपुरमा याशोक्यानी भगवती मन्दिर परिसरमा साधक गोपाल कोइरालाको अगुवाईमा हुने हवन गर्नु अघि सुकेको खोर्सानी घ्यूमा डुबाएर निकालिन्छ ।खोर्सानी हवन गर्दा राग नआउने भएपछि अवलोकन गर्न आन्तरिक तथा बाह्य देशका पर्यटकहरु सोमवारे पुग्ने गरेका छन् । खोर्सानी हवन कैलागि चैते दशैं अवधिभरि विभिन्न धार्मिक कार्यक्रम हुन्छ ।

राष्ट्र शान्ति र समृद्धिको कामना सहित महायज्ञ र हवनको आयोजना गरिएको साधक गोपालप्रसाद कोइराला बताउँछन् । हवनका लागि नेपाल भारत लण्डनसहित विभिन्न स्थानबाट भक्तजन आउने गरेको कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५