AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश सरकारले गर्योे थप ४ वटा बिदा दिने निर्णय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ चैत्र २०७५, बुधबार १८:५१
18
Shares
विराटनगर / प्रदेश १ सरकारले केन्द्र सरकारले तोकेकोभन्दा बाहेक थप ४ वटा बिदा दिने निर्णय गरेको छ ।

आज विराटनगरमा बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले २०७६ सालको हिन्दूहरूको पर्व जनै पूर्णिमा, उधौली पर्व, मुस्लिमहरूको पर्व इदुल फित्त(रमजान) र छठ पर्व गरी थप चारवटा विदा दिने निर्णय गरेको मन्त्रीपरिषदका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

बैठकले वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक –२०७५ संसदमा पेस गर्ने स्वीकृति प्रदान गरेको छ । त्येसैगरि विपत व्यवस्थापन ऐन –२०७५ केही शंसोधन गर्न स्वीकृति प्रदान गरेको छ । प्रदेश सरकारले विपद कोष सञ्चालन कार्यविधि –२०७५ स्विकृत प्रदान गरेको छ भने र सामाजिक विकास संस्था नियमावली संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर