CLASSICTECH NET

बुढानिलकण्ठ स्कूलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

खबर पूर्वाञ्चल, २७ चैत्र २०७५, बुधबार १८:३०

विराटनगर / विराटनगर – २ मा रहेको बुढानिलकण्ठ अ. मा. वि. ले शैक्षिक सत्र २०७५ को बार्षिक परिक्षाफल वितरणको अवसर पारेर आर्ट एन्ड क्राफ्ट तथा हस्तकला प्रदर्शनीको आयोजना गरेको छ ।

आज स्कूलमा भएको प्रदर्शनीमा विद्यालयको बार्षिक गतिविधिका तस्बिरहरु तथा कक्षा नर्सरी देखि कक्षा सातसम्मका विद्यार्थीहरुले निर्मित हस्तकलाका सामग्रीहरुको समेत प्रर्दशन गरीएको थियो ।

सो अवशरमा प्रदर्शनीमा सहभागिहरु मध्येलाई तीन समुहमा विभाजन गरि प्रत्येक समुहबाट उत्कृष्ट प्रथम, द्घितिय र तृतीय विद्यार्थीलाई स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले वार्षिक पुरस्कार वितरण कार्यक्रमका दिन प्रमाणपत्र र पुरस्कार दिने घोषणा गरेका थिए ।

कार्यक्रममा अ.हे.ब. पंकजकुमार गुप्ताको सहयोगमा एक दिने स्वास्थ्य परिक्षण सिविरको समेत आयोजना गरेको छ । स्वास्थ्य परिक्षणमा अभिभावकहरुले आ–आफ्ना नानीहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएका थिए । आफ्ना नानीहरुको सर्वाङ्गिण विकाशको लागी विद्यालयले खेलेको भुमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया

BHANU COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५