पूर्वाञ्चल खबर
विराटनगर / जापालमा हालै सम्पन्न मिस जापान नेपाल भएकी विराटनगरकी प्रेमिशा तामाङका बुवालाई विराटनगर स्थीत अल्फाविटा कन्सलटेन्सीले सम्मान गरेको छ ।
आज विराटनगरमा अल्फाविटाले एक कार्यक्रमको आयोजना गरि प्रेमिशाका बुबा राजकुमार तामाङलाई अल्फाविटा विराटनगरका निर्देशक टिका ढकालले सम्मान गरेका हुन् ।
प्रेमिशा अल्फाविटा विराटनगरमा रहेको कन्सलटेन्सीबाट ५० प्रतिशत छात्रवृतिमा एसिया प्यासिफिक यूनिर्भसिटीमा ब्याचलर इन हस्पीटलाटी एण्ड टुरिजम पढ्न सेम्टम्बर २०१८ मा जापानमा अध्ययन गर्न गएकी अल्फाविटा विराटनगरका निर्देशक ढकालले जानकारी गराए ।
सम्मान पछि प्रेमिशाका बुबा तामाङ विदेश अध्ययन गर्न जाँदा कन्सलटेन्सीको बारेमा बुझेर मात्र गए आप्mना छोरा छोरीको भविश्य उज्जवल हुने बताए ।