CLASSICTECH NET

आइसीपीले ढुवानीको लागत कम हुने–महावाणिज्यदूत अर्याल

खबर पूर्वाञ्चल, २६ चैत्र २०७५, मंगलवार २१:३५

विराटनगर/ नेपाल भारतको सीमा क्षेत्र जोगबनीमा बन्न लागेको एकीकृत भन्सार सुरक्षा जाँच चौकी( आइसीपी)ले व्यापार घाटा कम गराउने भारतका लागि नेपालका महावाणिज्यदूत एकनारायण अर्यालले बताए ।
चौकीको निरीक्षण पछि पत्रकारहरुसँग आज कुरा गर्दै उनले भारतको कोलकताबाट आयात हुने सामानहरु ढुवानीको क्रममा हुने समस्या अन्त्य हुने बताए ।

विगतमा नेपालका लागि आयात हुने सामान वीरगञ्ज नजिकको रक्सौल नाकाबाट आयात हुँदा समय बढी लाग्ने र ढुवानी खर्च पनि बढ्ने देखिएकाले अब यस नाकामा यस क्षेत्रका लागि आउने सामानहरुको ढुवानी खर्च र समय कम लाग्ने महावाणिज्यदूत अर्यालले बताए । उनले यस किसिमको सुबिधाबाट नेपाली उपभोक्तामा पर्ने महँगीको चाप पनि कम हुने बताए ।

कन्टेनर कर्पोरेशन अफ इन्डियाका चिफ एस रहमानले आइसीपीको सञ्चालनबाट कोलकताको सामान राख्ने गोदामको समस्य समाधार हुने र जोगबनी आइसीपीमा दुई लेनको रेल लिक बन्ने बित्तिकै ४० वटा कन्टेनर रेलको सामानलाई व्यवस्थापन गर्न सकिने बताए ।

विराटनगर नाकासित जोडिएको भारतीय रेल स्टेसन जोगबनीमा कन्टेनर अनलोड गर्ने ठाउँ पर्याप्त नभएकाले कन्टेनर बथनाहा स्टेसनबाट विराटनगर नाका पुर्याउनुपरेको उनले बताए । सडक साँघुरो भएका कारण बथनाहादेखि विराटनगर नाकासम्म कन्टेनर पुग्न एक हप्ता लागेको घटना सुनाउँदै उनले आइसिपीसम्म विद्युतीय कार्गाे पुर्याउन पाउने हो भने कन्जेसनको समस्या नहुने उल्लेख गरे ।

विराटनगर भन्सार कार्यालयका प्रमुख मिमाँश अधिकारीले आइसीपीको सञ्चालनबाट भन्सार क्षेत्रमा देखिनै धेरै समस्या निराकरण भएर जाने र यसबाट काम गर्न पनि सुबिधा हुने बताए ।

अर्याल र रहमानको टोली बथनाहादेखि विराटनगर नाकासम्म निरीक्षणमा निस्कँदा साँघुरो सडकमा १ हजारभन्दा बढी मालवाहक सवारीसाधन लामबद्ध थिए । विद्युतीय कार्गाे सुरु भएपछि विराटनगर नाकाले अपेक्षित लाभ लिन नसकेको र यसको नोक्सानी कनकोरले पनि ब्यहोर्नुपरेको रहमानको धारणा छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५